नेपाल आफैंमा खुला फिल्म स्टुडियो हो । यहाँको प्राकृतिक छटासँग मनमोहक नहुने विरलै हुन्छन् । हरियाली जंगल, पहाडको उकाली ओराली, भन्ज्याङ र सेता हिमालसँगको सामीप्यतामा रमाउन खोज्नेहरुको मुख्य गन्तव्य नै नेपाल बनेको छ ।
तिनै मनमोहक दृष्यसँग लोभिँदै पछिल्लो समय बलिउड हुँदै हलिउडका कलाकारहरुसमेत नेपाल आउन थालको छन् ।
त्यसो त हलिउड कलाकारहरु नेपालमा प्रायः आइरहेका हुन्छन् । उनीहरु आउँदा कतिले हल्ला गर्छन् त कति सुटुक्कै फर्किन्छन् । तिनै सुटुक्क फर्किनेभित्र पर्छ हलिउड रियालिटी सो द जर्नीको टिम ।
उनीहरु गत महिना नेपाल आएर करिब २० जति बसेका थिए । त्यति बेला उनीहरुले नेपालको हमाली क्षेत्रको यात्रा गर्नाका साथै केही सुटिङसमेत गरेका थिए ।
नेपालमा घुम्ने व्यवस्थापन भने मेगा एडभेन्चर इन्टरनेसनल प्रालिले गरेको हो । हलिउड र बलिउडका कलाकारहरुलाई सुटिङ डेस्टिनेसनका लागि प्रमोट गर्दै आएको मेगाले यसअघि पनि धेरै विदेशी मुभी सुटिङका लागि नेपाल ल्याएको थियो ।
यसपटकको यात्रामा भने हलिउडका प्रख्यात कलाकरा इजाबेला स्कोरुप्को आएका थिए । उनी सन् १९९५ को दी गोल्ड आईको जेम्स गर्लका कलाकार हुन् । यस्तै भिलेनका रुपमा प्रख्यात पिटर स्टोरसहित गिएर ग्रिम्सरड, जोन अब्रुजीलगायत नेपाल आएका थिए ।
यस सोमार्फत नेपालका विभिन्न भूभागको समेत प्रचारप्रसार हुनेछ । अहिले विदेशमा नेपालका हिमालको मात्र प्रचार भइरहेको छ । यस्तो बेला हलिउडको यो सोले नेपालका अन्य भूभागको पनि प्रमोसन हुने मेगा एडभेन्चरका प्रबन्ध निर्देशक गणेश शर्माको भनाइ छ ।