काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.८२ अंकले ओरालो लागेर २ हजार २२३.७८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४० अंकले ओरालो लागेर ४३३.०७ अंकमा ओर्लिएको छ ।
कुल २२३ कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता सेयर १ अर्ब २९ करोड ८९ लाख पाँच हजार ५९० रूपैयाँबराबरको कारोबार भएकाे हाे । कारोबार भएका कुल १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहबाहेक अरु सबै उपसमूहको सेयर ओरालो लागेको छ ।
होटल तथा पर्यटन २.४ अंकले उकालो लागेकाे हाे ।
त्यस्तै, बैंकिङ ६.०८, व्यापार १३.१५, विकास बैंक ३७.५४, जलविद्युत् २९.७३, २९.७३, वित्त २२.३६, निर्जीवन बीमा ६८.४६, उत्पादन ३७.८१, अन्य २९.९८, लघुवित्त २०.७५, जीवन बिमा ७८.८१, सामूहकि लगानी कोष ०.०१ र लगानी ०.४२ अंकले ओरालो लागेको छ ।
कारोबारका आधारमा प्रभु बैंकको संस्थापक सेयरको कारोबार शीर्ष स्थानमा रह्यो । सो बैंकको १७ करोड ६० लाख ७५ हजार रुपैयाँबराबरको कारोबार भयो । मेगा बैंक ९ करोड ८२ लाख ४० हजार ६६४, अरुण भ्याली हाइड्रोपावर ४ करोड ६२ लाख ४७ हजार ४७९, अरुण काबेली पावर ३ करोड ८२ लाख २५ हजार ५६२ र नबिल बैंक ३ करोड ५७ लाख ३९ हजार १६२ रुपैयाँबराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहे ।
नेप्सेका अनुसार रुरु जलविद्युत् परियोजना ६.१३, नारायणी डेभलपमेन्ट बैंक ५.३१, उपकार लघुवित्त ४.०४, युनाइटेड इर्दी मर्दी ४.०१ र मेगा म्युचुअल फण्ड एकका लगानीकर्ताले २.३१ प्रतिशतले कमाए ।
त्यस्तै, दिव्यश्वरी हाइड्रोपावर ३.७५, हिमाल दोलखा हाइड्रोपावर ३.७४, कर्णाली डेभलपमेन्ट बैंक ३.६५, माथिल्लो तामाकोसी हाइड्रोपावर ३.२१ र लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले ३.१० प्रतिशतले गुमाए ।