काठमाडौं । नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत आईजी ग्लोबल पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूका एस्क्युसिभ लिग तालिकामा सूचीकृत भएको छ ।
बैठकले भनेको छ,आइजे ग्लोबल युरोमनि संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो। जसलाई विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ।
आइजे ग्लोबल तथ्यांकले ३२ हजारभन्दा बढी कारोबार, २६ हजार परियोजना र दुई हजार एक सय कोष समावेश गर्छ। जुन शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८० प्रतिशत शीर्ष कानुन फर्मको ९० प्रतिशत र शीर्ष वित्तीय सल्लाहाकारको ८५ प्रतिशत बजारका आधारमा अद्यावधिक गरिन्छ।
यो मान्यताले नबिल बैंकको कर्जा प्रशोधन प्रक्रिया, पूर्वाधार लगानीमा विशेषज्ञता र विशेष गरी ऊर्जा क्षेत्रमा कर्जा लगानीमा गरेका परियोजनाहरु प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
वरीयता लिग तालिकामा नबिल बैंक १४ औ स्थानमा छ, जुन जी–एसआईबी शीर्ष २० मा पर्न सफल भएको बैंकले जनाएको छ । लिग तालिकामा नबिल बैंकको सूचीकरणले बैंकको बजार प्रोफाइल बढाउनुको साथै अन्तर्राष्ट्रिय बजारमा बैंकको साख स्थापित गर्ने अपेक्षा गरिएका विज्ञप्तिमा उल्लेख छ ।
बैंकले शाखा बैंकिङ, ट्रेजरी, ट्रेड, कार्ड, रेमिट्यान्स र लगानी बैंकिङमार्फत १ सय ५० शाखा, १८७ एटीएम र १ सय ७० भन्दा बढी बैंकिङ साझेदारहरूसँगको सहकार्यमा सेवा प्रदान गर्दै आएको छ।