काठमाडौं । रेड्मी १० नेपाली बजारमा सार्वजनिक गरेको छ । ग्लोबल टेक्नोलोजी लिडर साओमीले रेड्मी १० नेपाली बजारमा सार्वजनिक गरेको हो ।
स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ रेड्मी १० लन्च गरिएको साओमीले जनाएको छ । सस्तो मूल्यमा राम्रो परफमेन्स खोज्नेहरुका लागि रेड्मी १० सबै भन्दा उत्कृष्ट उत्पादन रहेको साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले बताए ।
‘हाम्रो लागि उपभोक्ता नै हाम्रो केन्द्रबिन्दु हो । उनले भने, ‘जसले गर्दा हामीलाई साओमीले प्रयोग गर्ने टेक्नोलोजी सबैका लागि पहुँच योग्य बनाउन प्रेरित गर्छ ।’ उनले रेड्मीको यो उपकरणमा फ्ल्यागसिप उपकरणहरूमा पाइने स्न्यापड्रागन ६८० र ६ एनपी प्रोसेसरहरु रहेको जानकारी दिए ।
अग्रणी वर्गको प्रोसेसर, स्न्यापड्रागन ६८० र ६००० एमएचए को ब्याट्रीले उपभोक्ताहरुलाई ढिलाइ मुक्त र सहज अनुभव सुनिश्चित गर्नुका साथै १७.०४ सीएम (९६.७१“) डिस्प्ले र ५० एमपी डुअल क्यामेरा भएको यो रेड्मी १० ले आरामदायी दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
ब्लकबस्टर डिस्प्ले
नयाँ रेड्मी १० को पछाडि जडान गरिएको ठूलो क्यामेराको साथमा फिंगरप्रिन्ट स्क्यान गर्ने स्पेस सबैभन्दा आकर्षक विशेषता रहेको कम्पनीले जनाएको छ । फोनको १.१३ एमएम मोटाइ र २०३ ग्राम तौल र १७.०४ सीएम (६.७१) डिस्प्लेको रहेको कम्पनीले जनाएको छ ।
पछिल्लो संस्करणको तुलनामा २ गुना छिटो बजेटको आधारमा लोकप्रिय स्नेपड्राङगन ६८० चिपसेट कार्यसम्पादनमा कुनै सम्झौता नगरी प्रयोगकर्ताहरूको उत्पादकतो बढाउन समर्पित छ । कम्पनीका अनुसार एन्ड्रोइड ११ मा आधारित एमआईयूआई १३ सफ्टवेयर भएको रेड्मी १० मा ६ जीबीसम्मको र्याम र १२८ जीबी आन्तरिक स्टोरेज रहेको छ जुन प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित छ ।
क्यामेरा
अप्टिक्सको सन्दर्भमा, रेडमी १० मा कुल तीन सेन्सर रहेको कम्पनीले जनाएको छ । पछाडिको डुअल क्यामेरा सेटअपमा ५० एमपी प्राइमरी सुटर र २ एमपी डेप्थ क्यामेरा समावेश छ भने सेल्फी र भिडियो कलहरूका लागि ५ एमपी क्यामेरा समावेश गरिएको छ । यो रेड्मी १० मा रियर र फ्रन्ट क्यामेरा दुवैबाट ३० एफपीएस मा १०८० पी भिडियो खिच्न सकिन्छ कम्पनीको दाबी छ ।
नेपालमा रेड्मी १० को मूल्य र उपलब्धता रेड्मी १० नेपाली बजारमा मिडनाइट बल्याक, पसिफिक ब्लु, करेबेयन ग्रीनमा उपलब्ध छ ।
नेपालमा रेड्मी १० ४/६४ जीबी संस्करणको मूल्य १८ हजार ९ सय ९ रुपैयाँ छ । त्यस्तै, हाई–एन्ड ६/१२८ जीबी संस्करणको मूल्य २१ हजार ९ सय ९९ रुपैयाँ रहेको छ। रेड्मी १० को यो फोन नेपालभर आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।