रुस–युक्रेन युद्ध चलेको ३ महिना बितिसक्यो । यी दुई देशको लडाइँले विश्वभरमा खाद्य संकट उत्पन्न भएको छ । थुप्रै देशहरुले घरेलु बजारमा उपलब्धता कायम राख्न निर्यातमा प्रतिबन्ध लगाइरहेका छन् । यसमा भारत पनि एक हो ।
भारतले यसअघि नै गहँु र चिनीको निर्यातमा प्रतिबन्ध लगाइसकेको छ ।
यस्तो स्थितिमा भारत सरकारले चामल निर्यातमा पनि प्रतिबन्ध लगाउने सम्भावना देखिएको छ ।
प्रधानमन्त्री कार्यालयले निगरानी गर्दै
प्रधानमन्त्री कार्यालयले घरेलु बजारमा उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न उत्पादनको आधारमा आँकलन गरिरहेको छ । एक रिपोर्टका अनुसार ५ वस्तुको निर्यातमा प्रतिबन्ध लगाउने तयारी चलिरहेको छ । यीमध्ये गहुँ र चिनी निर्यातमा प्रतिबन्ध लगाइसकेको छ ।
आगामी दिनमा प्रतिबन्ध लाग्न सक्ने वस्तुमा गैरबासमती चामल पनि एक हो । यसमा पनि चिनीकै जस्तो प्रतिबन्ध लाग्न सक्ने बुझिएको छ ।
चिनीको झैं प्रतिबन्ध चामलमा पनि
उच्च महँगीलाई नियन्त्रण गर्दै मूल्यमा निगरानी राखेर हरेक उत्पादनलाई लिएर बैठक बसिरहेको छ । बैठकले के एक्सन लिने भन्ने विचार गरिरहेको बुझिएको छ । खबरअनुसार चामलमा पनि चिनीजसरी नै प्रतिबन्ध लाग्न सक्छ ।
चामलको दोस्रो ठूलो निर्यातक भारत
भारत विश्व्मा चामल निर्यात गर्ने दोस्रो ठूलो देश हो । पहिलो नम्बरमा चीन छ । सन् २०२१/०२२ मा भारतले १५० भन्दा बढी देशलाई चामल निर्यात गरेको थियो ।