काठमाडौं। आगामी नाेभेम्बरबाट फिफा वर्ल्डकप २०२२ कतारमा सुरू हुँदैछ । साेही सन्दर्भमा कतार एयरवेजले पूर्वतयारी गरिरहेकाे छ ।
एयरवेजले विश्वका विभिन्न मुलुकबाट विश्वकप हेर्न कतार जाने दर्शकलाई लक्षित गरी १३ देशतर्फको उडान तालिका सार्वजनिक गरेको हो ।
कम्पनीले आगामी नोभेम्बर १७ तारिखदेखि डिसेम्बर २० तारिखसम्मको उडान तालिका तयार गरिसकेको छ।
कम्पनीले यसबीचमा बोइङ ७७७, एयरबस ३५०, बोइङ ७८७, एयरबस ३३० तथा विभिन्न सिरिजका जहाजमार्फत आम्सटर्डम, एटलान्टा, बार्सिलोना, बर्लिन, बोस्टन, ब्रिसबेन, डल्लास, दुबई, लन्डन, लस एन्जल्स, मियामी, पेरिस, जुरिच लगायतका गन्तव्यका लागि उडान तालिका सार्वजनिक गरेको हो ।
हालसालै मात्र अर्जेन्टिनाको एरोलिनियासले विश्वकपमा प्रयोग हुने फुटबल ढुवानीका लागि कार्गो चार्टर उडान गरिसकेको छ ।
विश्वकै ठूलो महत्वपूर्ण एवंअन्तर्राष्ट्रिय खेल मानिने फिफा यसअघि सन् २०१८ मा रूसमा आयोजना भएकाे थियाे ।