काठमाडौं । नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति करिब १६ खर्ब रुपैयाँ रहेको छ ।
अघिल्लो महिना यस्तो सम्पत्ति १५ खर्ब ८७ अर्ब ८८ करोड ९९ लाख थियो । गत महिनाको तुलनामा यस महिना ६ अर्ब २६ करोडले घटेको देखिन्छ ।
यो महिना राष्ट्र बैंकसँग पुँजी कोष (चुक्ता पुँजी र जगेडा) ३ खर्ब ९६ अर्ब २६ करोड ७४ लाख ५९ हजार रहेको छ । गत महिनामा यस्तो कोष ३ खर्ब ९९ अर्ब ७६ करोड ७ लाख रुपैयाँ थियो ।
यस्तै राष्ट्र बैंकको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ छ ।
राष्ट्र बैंकसँग भएको १५ खर्ब ८१ खर्बको सम्पत्ति मध्येको ४९५ अर्ब रुपैयाँबराबरको नगद र नगद समान, २ अर्ब ४८ करोडको व्यापारिक सम्पत्ति, बैंक वित्त कम्पनीलाई ३२६ अर्ब रुपैयाँ ऋण तथा सापटी दिएको छ ।
साथै, राष्ट्र बैंकले सुन तथा चाँदीमा ८८ अर्ब रुपैयाँ लगानी गरेको छ ।
राष्ट्र बैंकले ६४२ अर्ब विभिन्न लगानी रहेको छ भने २ अर्ब स्टक मौज्दात, स्थिर सम्पत्ति र उपकरण ३ अर्ब ७९ करोड, अदृश्य सम्पत्ति ६ करोड ८७ लाख र अन्य सम्पत्ति ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ ।
सम्पत्ति र दायत्व प्लस पुँजी जहिले पनि बराबर हुन्छ । सम्पत्तिले पैसा थप्न मद्दत काम गर्छ भने दायित्वले सम्पत्ति घटाउँछ ।
यस महिना नेपाल राष्ट्र बैंकको कुल दायित्व ११ खर्ब ८५ अर्ब रहेकामा भुक्तानी गर्नुपर्ने बिल १२ करोड ११ लाख रुपैयाँ, बैंक तथा वित्त संस्थाको निक्षेप १६१ अर्ब २२ करोड, नेपाल सरकारको निक्षेप ३१९ अर्ब ५४ करोड, अन्य निक्षेप १४ अर्ब, आईएमएफलाई तिर्नुपर्ने ४७ अर्ब, कर्मचारी दायित्व २ अर्ब ७२ करोड, अन्य दायित्व २ अर्ब २४ करोड, चलन चल्तीमा रहेको नोट ६३५ अर्ब ९० करोड, नेपाल सरकारलाई तिर्नुपर्ने १ अर्ब ५० करोड रहेको छ ।