एजेन्सी । भारतको केन्द्रीय सरकारले चिनी निर्यातलाई १ करोड टनमा सीमित गर्ने भएको छ ।
चिनीको घरेलु बजारमा उपलब्धता र दरमा स्थिरता कायम राख्न सरकारले चालू आर्थिक वर्षमा निर्यात सीमा तोकेको हो ।
वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएफटी) ले सूचना जारी गर्दै १ जुन १०२२ देखि ३१ अक्टोबर २०२२ सम्म या अर्को आदेश जारी नहुँदासम्म चिनी निर्यातको अनुमति खाद्य मन्त्रालयमातहत दिने बताएको छ ।
चालू आर्थिक वर्ष (अक्टोबर–सेप्टेम्बर) का लागि करिब ९० लाख टन निर्यातका लागि अनुमति दिइसकेको छ । चिनी मिलबाट करिब ८२ लाख टन चिनी निर्याका लागि निकालिएको छ भने ७८ लाख टन निर्यात भइसकेको अवस्था छ ।
खाद्य मन्त्रालयका अुनसार यो निर्णय चिनी निर्यातको रेकर्डका आधारमा लिइएको हो । आव २०२१/२२ मा चिनीका निर्यातले रेकर्ड तोडेको थियो । यस्तै आव २०२०/३१ मा निर्यात ७० लाख टन र आव २०१९/२० मा ५९.६ लाख टन थियो ।
मन्त्रालयका अनुसार बढ्दो चिनी निर्यातलाई ध्यानमा राख्दै देशमा चिनीको पर्याप्त भण्डारण गर्न, मूल्यवृद्धि रोक्न र देशका आम नागरिककको हितको रक्षा गर्न सरकारले १ जुन २०२२ देखि चिनी निर्यातको नियमन गर्ने फैसला गरेको छ ।
यो निर्णयले आगामी सेप्टेम्बरसम्म चिनी भण्डारण ६० देखि ६५ लाख टन हुनेछ । यसले घरेलु बजारलाई २ देखि ३ महिनासम्म थेग्नेछ ।
चालू वर्षमा भारत चिनीको सर्वाधिक ठूलो उत्पादक र निर्यातक दुवै हो ।