केही ठूला घटनाक्रमले गर्दा विश्व अर्थतन्त्र नै अहिले समस्यामा छ । नेपालको अर्थतन्त्र पनि त्यसबाट अछुतो रहन सकेको छैन । अहिले बाह्य कारणले गर्दा मुलुकको अर्थतन्त्र सकारात्मक छैन । कोभिड संक्रमणबाट तंग्रिन नपाउँदै पुनः रुस र युक्रेन युद्धले विश्व अर्थतन्त्रलाई नकारात्मक असर गरेको छ । त्यसको असर हामीमा पनि परेको छ ।
हामी आयातमुखी र आयातमा निर्भर भयौं । यो सबैले स्वीकार गरेकै कुरा हो । हाम्रो निर्यात निकै कम र आयात धेरै छ । गत वर्ष १ः७ अनुपातमा रहेको आयात यो वर्ष बढेर १ः११ अनुपातमा पुगेको छ । हाम्रो आयात यसरी बढ्यो । खासमा हामी हाम्रै खाद्य वस्तुमा पनि आत्मनिर्भर हुन सक्थ्यौं ।
हामी बाहिरको खाद्य वस्तुसमेत आयात गरिरहेका रहेछौं । हाम्रो चुलोमा पकाउने ग्यासदेखि भान्सामा पाक्ने अधिकांश वस्तुहरु आयातित छन् । दाल, भात, तरकारी पनि आयातित छ । एकातिर खेत बाँझो छ, उत्पादन हुन सकेको छैन । सस्तोमा चामल पाइयो अनि किन उत्पादन गर्नुपर्यो भन्ने अवस्था आइसकेको छ अहिले । यो वास्तवमा देशको अर्थतन्त्रका लागि ठूलो चुनैतीपूर्ण कुरा हो । हामीले स्वदेशी उत्पादन बढाउनु नै पर्छ । स्वदेशमा उत्पादनमार्फत रोजगार बढाएर अर्थतन्त्रलाई उकास्नुपर्छ ।
यस्तै निर्यात पनि सक्दो बढाउनुपर्छ । आयातलाई प्रोत्साहित गर्ने हाम्रो आर्थिक, मौद्रिक नीतिमा के कस्ता त्रुटिहरु छन् तिनलाई हेरेर सुधार गर्नुपर्छ । सुधारका लागि हामी नेपाल उद्योग परिसंघलगायत अन्य उद्यमीसँग बारम्बार छलफल गरिरहेका छौं । हामीले नीति र कार्यक्रम तयार पारिरहेका छौं । नयाँ आर्थिक वर्षको सम्मुखमा छौं र नयाँ बजेट आउँदैछ ।
हामीले ग्रामीण तहबाटै ७५३ पालिकाहरुमा औद्योगिक ग्रामको कल्पना गरेका छौं । औद्योगिक क्षेत्रको पनि केही व्यवस्थापन गरेका छौं र केही घोषणा गरेका छौं । हरेक प्रदेशमा एउटा औद्योगिक क्षेत्र स्थापना गर्ने नीति लिएका छौं ।
एकातिर खेत बाँझो छ, उत्पादन हुन सकेको छैन । सस्तोमा चामल पाइयो अनि किन उत्पादन गर्नुपर्यो भन्ने अवस्था आइसकेको छ अहिले । यो वास्तवमा देशको अर्थतन्त्रका लागि ठूलो चुनैतीपूर्ण कुरा हो । हामीले स्वदेशी उत्पादन बढाउनु नै पर्छ । स्वदेशमा उत्पादनमार्फत रोजगार बढाएर अर्थतन्त्रलाई उकास्नुपर्छ ।
यसबाहेक विशेष आर्थिक क्षेत्र पनि बनाएका छौं । तर, त्यस क्षेत्रमा उद्योगहरु राम्ररी सञ्चालनमा आउन सकेका छैनन् । अहिले त्यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने तयारीमा छौं ।
मैले हालै दोधारा चाँदनी सुक्खा बन्दरगाह (ड्राइपोर्ट एरिया) पनि हेरें, दैजी औद्योगिक क्षेत्र पनि हेरे । दैजी औद्योगिक क्षेत्रको केपी ओलीले उद्घाटन गरेका थिए । उक्त औद्योगिक क्षेत्र जंगलमा रहेछ । जंगलमा उद्घाटनस्थल भत्किसकेको अवस्थामा छ । त्यहाँ उद्योग सञ्चालन गर्न चाहने निजी क्षेत्रसँग छलफल भयो । करिब ९ सय बिघा जग्गामा ३ सय बिघा प्रयोग गरेर गुरुयोजना तयार गरिसकिएको रहेछ । राजनीतिक रुपमा बाँडफाँट हुने हो वा त्यसपछि उठाउन नसकिने गरी बिग्रिने हो भन्ने चिन्ता रहेछ ।
औद्योगिक क्षेत्र के हो ? औद्योगिक क्षेत्र कसरी चल्छ ? उनीहरुको सपना छ । नगर विकास समितिवालाले केही उद्योग बनाउँछु भनेर जग्गा बाँड्दा राजनीतिक समस्याले उठाउन गाह्रो भइरहेको छ । जनतालाई विश्वास दिलाउन नसक्ने अवस्था देखियो । त्यसकारण उनीहरुले पनि एउटा प्रस्ताव राखेका छन् ।
उनीहरुको त्यो प्रस्ताव मलाई सारै राम्रो लाग्यो । महेन्द्रनगरको पारिपट्टी रुद्रपुर औद्योगिक क्षेत्र नमुना बनिसक्यो । २०÷२५ वर्ष पहिले त्यहाँ केही पनि थिएन । आज हेर्न लायक भएको छ । त्यहाँको औद्योगिक क्षेत्रभित्र उद्योगहरु चलिरहेका छन् । हामीले जग्गा छुट्ट्याएका छांै, लगानी आव्हानको प्रतीक्षा गरिरहेका छौं । यद्यपि हामी आफैं सक्ने अवस्थामा भने छैनौं ।
त्यहाँबाट फर्किसकेपछि मैले एक पटक रुद्रपुर औद्योगिक क्षेत्र जानुपर्छ भनेर मन्त्रालयका सचिवज्यूलाई भनेको छु । उद्योग परिसंघ, उद्योग वाणिज्य महासंघ साथीहरुलाई पनि लैजानुहोस् र स्थानीय औद्योगिक क्षेत्र रुद्रपुरजस्तै बनोस् भन्ने साथीहरुलाई पनि लैजानुस् भनेको छु । उहाँहरुसँग जाँदा केही सिकिन्छ ।
त्यहाँ गएर प्राधिकरणसँग छलफल गरौं, उनीहरुले के सुविधा दिए त ? आज त्यत्रो गुल्जार भएको छ । हामी कहाँ चुक्यौं त्यसको पनि जानकारी होला । त्यसकारण अन्य मुलुकका सफल उद्योग कसरी चलिरहेका छन् ? त्यहाँको क्रमिक आर्थिक क्षेत्र कसरी चलिरहेको छ ? हामीले सेजलाई प्रभावकारी रुपमा चलाउन के गर्नुपर्छ ? बुझ्नुपर्छ ।
उद्योगीहरुले निर्यातलाई प्रोत्साहन गर्न सहुलियत (इनसेन्टिभ) चाहियो भनिराख्या छन् । इनसेन्टिभ दिन हाम्रो क्षमताले भ्याएसम्म दिनुपर्छ । सरकार आफैंले केही गर्न सक्ने अवस्था हुँदैन । निजी क्षेत्र त्यसमा पहिलो साझेदार बन्नुपर्छ । औद्योगिक क्षेत्रको विकास र हाम्रो आन्तरिक उत्पादन बढाउनका निमित्त निजी क्षेत्रलाई दिनुपर्ने सुविधा र निजी क्षेत्रले गरेका अपेक्षा सरकारको क्षमता तपार्इंहरुलाई नजिकबाट थाहा छ । त्यो क्षमताभित्र रहेर सम्पूर्ण सहयोग गर्न हामी तयार छौं ।
निजी क्षेत्रको सक्रियता र विश्वास नभई मुलुकको विकास सम्भव छैन । आन्तरिक उत्पादन र रोजगार बढाउन हामीले देखिरहेको कुरा ५ वर्षे कार्यक्रमले नसक्ला । तर, एउटा स्पेसल कार्यक्रमार्फत मन्त्रालयबाटै आफ्नो उत्पादन तथा उपभोग वृद्धि गर्ने बनाउनुपर्छ । त्यसका लागि हाम्रा उद्योगलाई प्रतिस्पर्धी पनि बनाउनुपर्छ ।
कच्चा प्रदार्थमा दिनुपर्ने इन्सेन्टिभ पनि दिनुपर्ला त्यसमा हामी सकारात्मक नै छौं ।
त्यो गुणस्तर हामीले बनायौं भने अन्य उत्पादनभन्दा स्वदेशी उत्पादनलाई दिने र गुणस्तर बनाइसकेपछि त्यसमा पनि केही आर्थिक नियम निर्यात प्रवर्धनको निम्ति मौद्रिक नितिमा गर्नुपर्ने परिवर्तनका लागि तयार छौं । कम्तीमा एक दशकको लक्षित प्रोग्राममा जानुपर्छ । टार्गेटिभ प्रोग्राममा गइसकेपछि बल्ल हेर्न सक्छौं ।
जिरो वर्षबाट सुरु गरेर १० वर्षमा अभियान चलाऔं । त्यो अभियानअन्तर्गत आफ्नो उत्पादन अभिवृद्धि गर्ने, उत्पादनलाई उपभोग गर्ने र निर्यातका निम्ति तयार गर्ने एउटा अभियान चलाउनुपर्छ । मन्त्रालय त्यसमा लागिरहेको छ ।
हामी यसै वर्षदेखि स्वदेशी उत्पादन र उपभोग अभिवृद्धि अभियान २०८९ सम्मको अभियानमा जानुपर्छ । यो भनिरहनुपर्ने मात्र नभएर निर्यात प्रवर्धन गर्ने र आयात घटाउने सधैं भनिरहने कुरो हो । तर, टार्गेटिभ ओरियन्टेड अभियान सुरु गरौं । हाम्रो अभियानलााई एक्सन प्लानको रुपमा अगाडि लग्यौं भने परिणाम के हुन्छ र कति सफल हुन्छौं भन्ने कुरालाई यकिन गर्न सकिन्छ । कम्तिमा १० वर्ष लाग्ला । यो लामो अभियान हो । यो अभियानमा सरकार र निजी क्षेत्र एक साथ हिँड्नुपर्छ ।
हामी यसै वर्षदेखि स्वदेशी उत्पादन र उपभोग अभिवृद्धि अभियान २०८९ सम्मको अभियानमा जानुपर्छ । यो भनिरहनुपर्ने मात्र नभएर निर्यात प्रवर्धन गर्ने र आयात घटाउने सधैं भनिरहने कुरो हो । तर, टार्गेटिभ ओरियन्टेड अभियान सुरु गरौं । हाम्रो अभियानलााई एक्सन प्लानको रुपमा अगाडि लग्यौं भने परिणाम के हुन्छ र कति सफल हुन्छौं भन्ने कुरालाई यकिन गर्न सकिन्छ । कम्तिमा १० वर्ष लाग्ला । यो लामो अभियान हो । यो अभियानमा सरकार र निजी क्षेत्र एक साथ हिँड्नुपर्छ ।
हामीले दिनुपर्ने विभिन्न छुटका कार्यक्रम सम्बोधन हुन्छन् । यस्ता अभियान कार्यान्वयनको लागि निजी क्षेत्रसँग सरकार समय समयमा समीक्षा गर्दै पटकपटक बस्नुपर्छ । कहाँ त्रुटि भइरहेको छ ? कहाँ सच्चाएर जाने हो ? लक्ष्यमा पुग्न इमानदारीताका साथ केही समयपछि रिजल्ट पनि हेराैं ।
स्वदेशी उत्पादन बढाउँछु भन्ने र उपभोग पनि बढाउँछौ भन्ने कुरा आफैमा महत्वपूर्ण छ । तर, यसलाई कार्यान्वयन गर्न औद्योगिक क्षेत्रको स्थापनादेखि लिएर निजी क्षेत्रको अधिकतम सहभागिता लिएर हामी अगाडि बढ्न सक्छाैं, यसमा सरकार स्पष्ट छ ।
अहिले हामी रुग्ण उद्योग चलाउनुपर्छ भन्छौं । किन चलाउन सकिरहेका छैनौं ? किन चलेन ? चलाउनुपर्छ । त्यसका लागि काम सुरु गर्नुपर्छ अनि चल्छ ।
सरकार र निजी क्षेत्रको सहभागितासहित वा सम्पूर्ण निजी क्षेत्रलाई दिएर हुने हो । यदि हाम्रो उत्पादन र रोजगारी बढ्छ भने तत्काल सञ्चालन गर्न सकिने खालका उद्योगलाई अघि बढाउन सकिने मोडालिटी तयार पारिरहेका छौं ।
(नेपाल उद्योग परिसंघले आयोजना गरेको मेक इन नेपाल अभियानलाई गरेको सम्बोधनको सम्पादित अंश)