काठमाडौं । कतिपय व्यक्तिले विश्वको अर्थतन्त्रलाई ‘इकोनोमिक सटेज’ भनेर अंकित गरेको देखियो । सटेजको अर्थ हामीसँग प्रोडक्सन र सप्लाई पर्याप्त भएन, यात हाम्रो खपत पोष्ट कोभिडको अत्यन्त बढेर गयो ।
पोष्ट कोभिडपछि हाम्रो कन्जम्सन अत्यन्तै बढेर गएको डाटाले देखाउँछ । यो सटेजको कुरा युक्रेन युद्ध अगाडिदेखि हेर्यौ भने विश्वको मूल्यको अवस्था संकटमा झन बढेर गएको अवस्था पाउछौं ।
कुनै–कुनै मुलुकमा त कसरी म्यानेज भइरहेको होला जस्तो लाग्छ । ट्रकीको एभरेज मूल्यवृद्धि ७० प्रतिशत छ । कुनै वस्तुको २ सय बढी र अर्जेन्टिनाको ५७ प्रतिशत छ ।
यो सटेजको इम्प्याक्ट सबै विकसित, अल्पविकसित सबै मुलुकको अर्थतन्त्रले झेलिरहेका छन् । नेपालको सन्दर्भमा पनि मूल्यवृद्धिलाई साढे ६ प्रतिशत राख्न प्रयत्न गरेको हो । तर, ९ महिनाको डेटा आउँदा ७ प्रतिशत नाघेको देखिएको छ ।
हाम्रो अधिकांश अर्थतन्त्र इम्पोट आधारित छ । इम्पोटेड वस्तु महंगो भएर आउँदा मूल्य वृद्धि हुन स्वाभिक हो । अहिले अर्थतन्त्रमा परेको वास्तविक समस्या इम्पोटमा आधारित इकोनोमिबाट सिर्जित हो ।
कतिपय वस्तु गत एक वर्षमा इम्पोट गर्दथ्यौ, त्यो अहिले १० महिनामा इम्पोट गरिसकेका छौं । कति वस्तु (भोल्यूम बराबरको) वस्तु ६ महिना भित्रमै इम्पोट गरिसकेका छौं ।
वर्षदिनमा त त्यो इम्पोट धेरै बढेर जाने देखिन्छ । परिणाम बढेको हो की मूल्य वृद्धि भएर बढेको हो भनेर हेर्दा केही मात्रामा मूल्य वृद्धिका कारण बढेको देखिन्छ भने परिणाम पनि त्यति नै बढेको देखिन्छ ।
गत वर्ष १ खर्ब ७५ अर्बको इन्धन आयात गरेका थियौ, भने अहिले नौ महिनामा २ खर्ब १८ अर्बको आयात गरिसकेका छौं । यो महंगिको असर कन्जम्सन र कन्जुमरलाई परिरहेको छ । हाम्रो कन्जम्सन त्यति प्राइस सेन्सिटीभ देखिएको छैन् ।
हाम्रो मार्केटमा पोलेसी मेर्कसलाई समस्या छ । अलि कति कन्जम्सन घटाउनु पर्यो भने मूल्यमा चाप दिने गर्छौ, तर, कतिपय अवस्थामा त्यसले पनि काम गरिरहेको छैन् । जति सुकै मूल्य बढोस् हामी किन्न तयार छौं, हामी त्यो लेबलको उपभोक्ता भइसकेका छौं । प्रश्न उठिरहेको छ, मार्केटमा मूल्य बढिरहेको छ, जुन तरलताको समस्या छ । त्यो प्रेसर दरमा रेट नबढे पनि बेस रेट बढ्दै गइरहेको छ । कर्जाको रेट बढिरहेको छ र डिपोजिटको रेट बढ्दै गइरहेको छ ।
रेट बढ्दैमा डिपोजिट आउदैन भन्ने कुरा आइरहेको छ । त्यो कुरा सहि हो । पोलेसी मर्करले डिपोजिट बढाउन मात्र मार्केटको रेट बढाउन खोजेको अवस्था जुन मार्केटको कन्जमसन घटोस भन्ने हो ।
सम्रग अर्थतन्त्रलाई त्यो इम्प्याट आवश्यक छ । सबैभन्दा पहिले अर्थतन्त्र बचार राख्नु पर्यो । अर्थतन्त्र दिर्घकालिन हुनुपर्र्यो । त्यसमा स्थायित्व रहनु पर्यो । त्यसभित्र उपभोग गर्नेले, व्यवसाय गर्नेले उपभोग गर्न पाउँछौं, व्यवसाय गर्न पाउँछौं । उपभोग गर्दा होस या व्यवसाय गर्दा बिल तिर्न नसक्ने अवस्था आउनु भन्दा कम्परमाइज हुने कुरामा हामी सहक सर्तक रहनुपर्छ । त्यो हिसाबले पोलेसी आइरहेको अवस्था पनि छ ।
तरलताको प्रेसर केही समय कायम रहने देखिन्छ । हामीले टेक्निकल विषयवस्तु हेर्दा तरलता केही समय कायम रहने देखिन्छ । जस्तो निक्षेप ९ महिनाको २ सय ६८ अर्बको डेफिसिट घट्ने सम्भावना कति छ ? डेफिसिट सरप्लसमा जाने सम्भावना कति छ ? आन्तरिक कर्जा विस्तार भएर खासै तरलतामा समस्या आउदैन् । यताकै ऋण लिएर यतै कतै लगाएको छ भने त्यो पैसा कतै जाने अवस्था छैन ।
यतै लगानी भएको पैसा सिस्टमा आएन भने पक्रिहालिन्छ। बैंकबाट लिएर कमाएको हो भने बैंकले असुल्छ । असुल्न नसके लिलामी गर्छ । त्यसमा धेरै समस्या हुदैन् । समस्या कहाँ भन्दा ठूलो रिसोर्सेस इम्पोटको मार्फत बाहिर जान्छ । बाहिर गइसकेपछि त हामीले यहाँ खोजेर पाइदैन् । यहाँको तरलता त बाहिर गयो ।
राष्ट्र बैंकले प्रकासित गरेको गत साउनदेखि पुससम्मको ग्राफ हेर्दा जुन किसिमले आयात बढेर गएको थियो, त्यसले समस्या निम्त्यायो ।
साउनदेखि पुससम्मको नेपालको विदेशी मुद्राको सञ्चितिमा दबाब परेको हो । पुसदेखि यता अलि कम भएको छ तर, केहि दबाबमै छ ।
भुक्तानी सन्तुलन पनि साउनदेखि पुससम्मको हेर्दा पनि थाहा हुन्छ । तर, अहिले हामीले लिएका नीतिले केही काम गरेको देखिन्छ ।
तर, एउटै नीतिले सबै काम गदैन् । हामीले उद्योग, व्यवसायीसंगको छलफलमा वैकल्पिक बाटो पनि खोजिरहेका छौं । हाम्रो उद्देश्य अहिलेलाई ब्यालेन्स सिटमा नाफा भन्दा सम्रग अर्थतन्त्र ढाकिदिनुपर्छ । त्यती गरियो भन्ने अन्यत्रको जस्तो समस्या आउदैन् ।
हामी एकदमै सहज र सतर्क भएर काम गर्नुपर्छ । यो खालको डिप्रीसनले ९ महिनामा २ अर्ब ३८ करोड डलब बराबरको रिजर्भ लुज गरेको छौं ।
एउटै वर्षमा २÷३ सय डलर लुज गर्नु भनेको हाम्रो लागि निकै संवेदनशील कुरा हो, सधै यस्तो सम्भव पनि हुदैन् । हामीसँग भएको साढे ९ अर्बको डलर रिजर्भ वर्षमा ३ सय डलर सिध्यायौ । कसरी धान्न सकिन्छ ? हामी यसमा सर्तक हुन् जरुरी छ । यसमा राष्ट्र बैंकले गरेर मात्र हुँदैन्, सबै पक्षको सहयोगले सजिलै एकजिट हुन् सक्छौं । यस्ता समस्या बेलाबेलामा आउँछन् ।
बिग्रिएको केही पनि छैन् । सबैले आफ्नो आफ्नो ठाँउबाट रिजर्भलाई जोगाउने हो भने बिओपी थप नेगेटिभ हुनबाट जोगाउन सकिन्छ ।
यो वर्षको डटा हेर्दा साउनदेखि अहिलेसम्म हामीले ७० खर्ब माथि मार्केटमा पठाएका छौं । विगत पाँच महिनादेखि कुनै पनि दिन छैन्, हामीले बैंकहरुलाई रेगुलर २ खर्ब नदिएको होस् ।
अधिकारीले एफएनसीसीआईको कार्यक्रममा राखेको मन्तव्यको अंश