काठमाडाैं । साओमीले एस् एक एक्टिभ, रेडमी स्मार्ट ब्यान्ड प्रो र मिहोम सेक्युरिटी क्यामेरा ३६० नेपाली बजारमा ल्याएको छ। साओमीको स्मार्ट अप्लाएन्स सेग्मेन्टअन्तर्गत होम सेक्युरिटी क्यामरा घरको सुरक्षा निम्ती हो भने बाँकी दुई स्मार्ट घडी हुन्।
साओमी एस वान एक्टिभ फिट्नेसमा रुचि राख्ने व्यक्तिहरुका लागि उपयोगी लेटेस्ट र स्टाइलिस घडी हो। यसमा १. ४३ इन्चको हाइ रेजोल्युसन एमोलेड डिस्प्ले र ६० हर्जको हाइ रिफ्रेस स्क्रिन छ।
यसले चौबिसै घण्टा मुटुको चाल रेकर्ड गर्छ। यसमा अन्य ११७ वटा फिट्नेस मोडहरु पनि रहेको कम्पनीले बताएको छ।
यसको ब्याट्री नर्मल मोडमा १२ दिन र ब्याट्री सेभर मोडमा २४ दिन टिक्ने कम्पनीले बताएको छ। कम्पनीका अनुसार यो स्मार्ट वाच वाटर प्रुफ हो।
यस माभएको डुअल ब्यान्ड जीपीएसले मल्टिपल स्याटेलाइट नेभिगेसन सिस्टम सपोर्ट गर्छ। जसले गर्दा ठेगानाहरु छिटो र सही ट्र्याक हुन्छ।
साे रेडमी स्मार्ट ब्यान्ड प्रो पनि १.४७ इन्चको फुल एमोलेड डिस्प्लेसहित उपलब्ध छ। जसले रगतमा भएको अक्सिजन लेभल जाँच्नुका साथै चौबीसै घण्टा मुटुको चाल पनि रेकर्ड गर्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार यो स्मार्ट वाचमा ११० भन्दा बढी वर्कआउट मोडहरु छन्।
त्यस्तै मिहोम सेक्युरिटी क्यामरा ३६० बाट मधुरो उज्यालोमा पनि फुल कलर प्यालेट देख्न सकिन्छ। यी क्यामराहरुले ३६० एङल बाटै मोसन डिटेक्ट गर्दै तुरुन्तै अलार्म पठाउँछन्। जसले गर्दा घरमा कोही प्रवेश गर्न लागेको जानकारी पहिला नै पाईन्छ।
साथै यसमा भएको टु वे अडियो टक ब्याक फिचरले जहाँबाट पनि आफ्नो परिवारसँग कुरा गर्न सकिन्छ। यसमा ३२ जिबी स्टोरेज छ। यसलाई घरको जुनसुकै कुनामा सजिलैसँग फिट गर्न सकिन्छ।
साओमीले एस् वान एक्टिभ स्मार्ट वाचको मूल्य नेपाली रुपैयाँ २२ हजार ९ सय ९९ रूपैयाँ पर्छ। रेडमी स्मार्ट ब्याण्ड प्रोको मूल्य ६ हजर १ सय ९९ रूपैयाँ रहेको छ । त्यस्तै मिहोम सेक्युरिटी क्यामेरा ३६० को मूल्य ४ हजार ४ सय ९९ रूपैयाँ पर्छ। यी तीनवटै उत्पादनहरु मि नेपालको सम्पूर्ण आधिकारिक स्टोरहरुमा उपलब्ध छन्।