परम्परागत केराको बोटको द्वार । द्वारसँगै तामाका गाग्री । घरकै मण्डप र व्यवस्थापनको ठूलो चटारो । सहरको विवाहमा अचेल यस्तो दृश्य कम देखिन थालेको छ । विवाहको सजावटमा नयाँ शैली भित्रिएसँगै भव्य फिल्मी सेटजस्तो सजावट, फूलैफूलको डेकोरेसन, रंगीचंगी लाइटको प्रकाश, होटल या पार्टी भेन्युको मण्डपमा अचेलका पुस्ता लगनगाँठो कस्न रूचि राख्छन् ।
विवाहको सजावटमा मिसिएको यो आधुनिक शैलीलाई एलिटहरुले फ्लो मात्र गरेका छैनन्, आफ्नो स्टाटस सिम्बोल पनि देखाइरहेका छन् ।
यस्तो विवाह वेडिङ इभेन्ट प्लानरले गर्छन् । तिनैमध्येका हुन्, विजय सुवाल ।सन् २००९ तिरको विजय सुवाल र उनका साथीहरु भारतीय वेडिङ कम्पनीलाई सामान पु¥याउँथे । त्यही बेला उनीहरुलाई उत्सुकता जाग्यो, वेडिङ म्यानेजमेन्ट कसरी गरिदो रहेछ भन्ने ।
बुझ्दै जाँदा आफूहरुले नै लगिदिएको सामानलाई केही थप गरी फूलहरुको सजावट बढाएपछि वेडिङ म्यानेजमेन्ट हुने रहेछ भन्ने थाहाँ पाए । हुन त, उनीहरुले त्यस अघिपनि केही वेडिङ म्यानेजमेन्ट भने देखेका थिए । त्यो बेलासम्म नेपालमा भारतीय कम्पनीहरुले मात्र वेडिङ म्यानेजमेन्ट गर्दै आएका थिए ।
सन् २०१० मा काठमाडौं वेडिङ इभेन्ट म्यानेजमेन्ट प्रालि दर्ता गरेर काम सुरू गरे ।
आफैले जुटाएको लजिस्टिकको सामानसँगै फूलको मात्रा थपेपछि ‘वेडिङ म्यानेजमेन्ट’ हुने थाहा पाएपछि इभेन्ट म्यानेजमेन्टबाट वेडिङतर्फ मोडिने निर्णयमा पुगे सुवाल । उनीहरुसँग लामो समयदेखि माल्टा इन्टरनेसनल म्यानेजमेन्ट प्रालिमार्फत काम गर्दै आएको अनुभव भएकाले पनि वेडिङतर्फ मोडिन कुनै समस्या भएन । यसरी सन् २०१० मा काठमाडौं वेडिङ इभेन्ट म्यानेजमेन्ट प्रालि दर्ता गरेर काम सुरू गरे ।
सुवालले मुम्बईमा इभेन्ट म्यानेजमेन्ट र इभेन्ट डिजाइनसम्बन्धी ५ वर्षीय कोर्ष पूरा गरेका छन् । त्यहाँको अध्ययनपछि २ वर्ष इभेन्ट म्यानेजमेन्टको कम्पनीमा पनि काम गरे । त्यस बेला इभेन्टमा बाउन्सरको रुपमा पनि उनले काम गरेका थिए ।
नेपालमा कम्पनी खोलेर विवाहको काम सुरू गर्दा धेरैले आश्चर्य प्रकट गरेको उनी सम्झन्छन् । सुवाल भन्छन्, ‘त्यस बेला काठमाडौं वेडिङ भनेर खोल्दा सबै जना अच्चमित हुन्थे । किनकि त्यो बेलासम्म नेपाली कम्पनी कुनै पनि थिएन ।’
बेला बेलामा भारतीयहरुले डेस्टिनेसन वेडिङ नेपालमा गर्ने गर्थे । त्यो कतिलाई थाहा हुन्थ्यो, कतिलाई थाहा पनि हुँदैन थियो । अर्थात् चासो कसैले दिएका थिएनन् । उनीहरुले सुरू गरेपछि केही समय त बुझाउनै समय लाग्यो ।केही नेपालीहरुले विदेशी कम्पनीको साथ लिएर डेस्टिनेसन वेडिङ गरे पनि नेपाली कम्पनी खुलिसकेका थिएनन् । परम्परागत शैलीमै आफन्त र छिमेकीहरुको साथ लिएर विवाह गर्ने प्रचलन थियो, जुन अहिले पनि कायम नै छ ।
सहरी क्षेत्रभित्र पछिल्लो समय विवाह गर्दा केही नयाँ प्रचलन थपिएको छ । त्यो बिस्तारै विकास हुँदै क्याटरिङ हुँदै अहिले पार्टी प्यालेसमा आइपुगेको छ । वेडिङ म्यानेजमेन्ट पनि त्यस्तै खालको परिष्कृत काम हो । यसमा फूलमालाले सजावटका काम गर्नेदेखि घरका मान्छेहरुले पनि कुनै काम गर्नुपर्दैन । पारिवारिक रुपमा रमाइलो गर्ने वातावरण मिलाउने काम वेडिङ म्यानेजमेन्टले गर्दै आएको छ ।
काठमाडौं वेडिङजस्तै पोखरा र आपपासका क्षेत्रका लागि पोखरा वेडिङ पनि उही रफ्तारमा बढिरहेको छ । सुवाले काठमाडौंबाट हेर्ने र पोखरामा ओमप्रकाश उपाध्यायले नेतृत्व गरिरहेको पोखरा वेडिङ पोखरा क्षेत्रकै अग्रणी कम्पनी हो ।
‘परिवार र आफन्तलाई कामको कुनै तनाव नहोस् र विवाहको रमाइलोमा समय दिनका लागि हामी काममा खट्छौं’, सुवालले भने । अहिले विवाहमा जाँदा घरका परिवार र आफन्तहरुले केही गर्नुपर्दैन । सबै त्यहाँ व्यवस्थित तरिकाले सञ्चालन गरिएको हुन्छ । सजावट पनि त्यही किसिमको हुन्छ ।
काठमाडौं वेडिङका संस्थापकहरु सुवालसहित, सुरेश बज्राचार्य, अन्नान सिडिके हुन् । अहिले भने वेडिङमा ३० जनाको समूह बनेको छ । काम लिँदै जाने क्रममा सीमित व्यक्तिले मात्र नभ्याउने भएपछि आवश्यकताका आधारमा ग्रुप विस्तार गर्दै गएको उनी बताएँछन् । अहिले सबै जना वेडिङ इभेन्टमै व्यस्त हुन्छन् ।
काठमाडौं वेडिङजस्तै पोखरा र आपपासका क्षेत्रका लागि पोखरा वेडिङ पनि उही रफ्तारमा बढिरहेको छ । सुवाले काठमाडौंबाट हेर्ने र पोखरामा ओमप्रकाश उपाध्यायले नेतृत्व गरिरहेको पोखरा वेडिङ पोखरा क्षेत्रकै अग्रणी कम्पनी हो । उपाध्यायाले पनि काठमाडौं वेडिङमा आफ्नो समय दिइरहेका छन् ।
विवाहको डेकोरेसन, मण्डप निर्माण, लाइट, साउन्ड, पार्टीदेखि लिएर होटल व्यवस्थापन र पाहुनाको सत्कारका लागि सबै बन्दोबस्त कम्पनीले नै गर्ने भएपछि परिवार र आफन्तलाई ढुक्क हुने पोखरा वेडिङका उपाध्याय बताउँछन् ।
विवाह जीवनमा एक पटक गरिन्छ । एक पटक गरिने विवाहलाई जीवन्त अर्थात् अविस्मरणीय बनाउने चाहना सबैको हुन्छ । त्यही चाहनालाई सार्थक बनाउन मानिसहरुले ठूलो खर्च गर्ने गरेका छन् । त्यही खर्चलाई उचित व्यवस्थापन गर्ने काम नै वेडिङ म्यानेजमेन्ट कम्पनीको हो ।
सुरू सुरूमा नेपालीहरुले काम दिन खासै चासो देखाउँदैनथे । सो कम्पनीले सबैभन्दा पहिला नेपाली व्यवसायिक ग्रुप कास टेड्रिङ हाउस परिवारको विवाहको व्यवस्थापन गरेको थियो । त्यसपछि भने नेपाली कम्पनीले पनि विवाहको राम्रो व्यवस्थापन गर्दो रहेछ भन्ने छाप छोड्न सफल भएको सुवाल बताउँछन् ।
काठमाडौं वेडिङले हालसम्म २०० वटाभन्दा बढी विवाहको व्यवस्थापन गरिसकेको छ । तीमध्ये ६० प्रतिशत भारतीयहरुले विवाह गराएको सुवालले भने ।
विवाह जीवनमा एक पटक गरिन्छ । एक पटक गरिने विवाहलाई जीवन्त अर्थात् अविस्मरणीय बनाउने चाहना सबैको हुन्छ । त्यही चाहनालाई सार्थक बनाउन मानिसहरुले ठूलो खर्च गर्ने गरेका छन् । त्यही खर्चलाई उचित व्यवस्थापन गर्ने काम नै वेडिङ म्यानेजमेन्ट कम्पनीको हो ।
आफूले चाहेको र भनेको जस्तो व्यवस्थापन गरी पाहुनालाई खुसी बनाउने जिम्मा लिएर सञ्चालनमा आएको काठमाडौं र पोखरा वेडिङ केही वर्षअघि अभिनेत्री आँचल शर्माको विवाहको व्यवस्थापनपछि झनै चर्चामा पुगेको थियो ।
हायात होटलमा दिइएको रिसेप्सन पार्टीमा बेहुलाबेहुलीलाई हेलिकप्टरमार्फत अवतरण गराएको विषयले चर्चा पाएको थियो । ‘हामीले हेलिकप्टरमार्फत बेहुलाबेहुलीलाई रिसेप्सन पार्टिमा उतार्ने पहिलो प्रयास गरेका थियौ’, सुवालले भने, ‘त्यसपछि ६ वटा विवाहमा प्रयोग गरिसकेका छौं ।’
काठमाडौं र पोखरा वेडिङले चलचित्रकर्मी, पूर्वमिस नेपाल, प्रतिष्ठित उद्योगी÷व्यवसायीहरुको विवाह गराइसकेको छ ।
हामीले नेपाल बाहिर पनि ४० भन्दा बढी विवाह गराइसकेका छौं, उनले भने । ती मध्ये पनि ६० प्रतिशत भारतीयहरु नै बढी छन् । पहिला पहिला विदेशीहरुले मात्र वेडिङ म्यानेजमेन्टको जिम्मा दिने गरेको भएपनि पछिल्लो समय नेपालीहरुले पनि गर्न थालेका छन् । काठमाडौं र पोखरा वेडिङले चलचित्रकर्मी, पूर्वमिस नेपाल, प्रतिष्ठित उद्योगी÷व्यवसायीहरुको विवाह गराइसकेको छ ।
नेपालमा वेडिङ डेस्टिनेसनका लागि भारतका दिल्ली, मुम्बई, कलकत्ता, लखनउ र गोरखपुरबाट आउँछन् । यस्तै सिंगापुर, जर्मन, चाइना, युके र अमेरिकाबाट पनि आउन थालेको पोखरा वेडिङका उपाध्याय बताउँछन् ।
उपत्यकाबाहिर ३ शाखा
काठमाडौंमा कम्पनी चलिरहँदा पोखराबाट धेरै प्रस्तावहरु आए । विदेशमा बस्ने पोखरेलीहरुले विवाहका लागि आवश्यक व्यवस्थापनका लागि गरिएको आग्रहलाई स्वीकार गर्दै धेरैपटक त्यहाँको काम पनि गरियो । र, पोखरामा ५ वर्ष अघिमात्र पोखरा वेडिङ सुरू गरिएको हो ।
अहिले चितवन, बुटवलमा यसको शाखा खुलिसकेको छ । भैरहवामा टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आएपछि भैरहवा र बुटवलमा समेत काम सुरू भएको छ । त्यहाँ बढी भारतीयहरु विवाहका लागि आउने गरेका छन् ।
पोखरा वेडिङले विवाहमा केही नयाँपन गर्ने भनेर सबै जन्तीहरुलाई एक साथ बोटिङ गराएर पनि विवाह गराएको छ भने चिनियाँ एक जोडीलाई जहाज चार्टड गरेर सगरमाथाको नजिक पुगेर बेहुलाबेहुलीलाई विवाहसमेत गराएको अनुभव सुवाल र ओमसँग छ । केही नयाँ तरिकाले विवाह गर्ने सोच भएकालाई त्यहीअनुसारको सुविधा दिने गरेको उपाध्याय बताउँछन् ।
नेपाल डेस्टिनेसनका लागि उपयुक्त गन्तव्य
अहिले हुने विवाहका लागि ठाउँ छनौट गर्दा प्राकृतिक रुपमा हराभरा भएको ठाउँ रोज्न थालिएको छ । कृत्रिम सजी–सजावटमा हुर्किएका परिवारले आफ्ना छोराछोरीको विवाह कुनै ठाउँमा गएर अविस्मरणीय बनाउन खोज्नेहरु धेरै छन् । त्यसैको फलस्वरुप नेपालमा विवाह गराउन आउनहरु बढ्न थालेको उपाध्याय बताउँछन् ।
२५ प्रतिशत ट्याक्स अर्थात् दोहोरो ट्याक्स तिर्नुपर्ने बाध्यतालाई हटाउन सक्दा मात्रै नेपाल डेसिटनेसन वेडिङका लागि उपयुक्त गन्तव्य बन्न सक्छ ।
नेपाल आफैंमा सुन्दर मुलुक भएकोले पनि यहाँ आउन रूचाउँछन् । त्यसमाथि झन् पशुपतिनाथ दर्शनका लागि आउनेहरु पनि धेरै छन् । भारतीयहरुले पशुपतिनाथलाई विशेष रुपमा आस्था राख्ने भएकोले पशुपतिनाथको प्रांगणमा गएर विवाह गर्न रूचाउनेहरु धेरै छन् ।
पार्टी गर्ने, रमाइलो गर्ने एकातिर भए पनि दुई जनाबीचको बन्धन बाँधिने भएकाले उनीहरुको रोजाइमा नेपाल नै पर्ने गरेको छ । उनीहरुको क्षमता त अमेरिकालगायतका महँगा मुलुकमा गएर गर्न पनि सक्छन् । तर, यहाँको धार्मिकस्थलका कारण पनि उनीहरु आउन थालेको सुवालको भनाइ छ ।
नेपालमा विदेशीहरुलाई सुरक्षाको अवस्था राम्रो छ । सुरक्षाकै कारण नेपाल आउँदिन भन्नेहरु छैनन् । तर, २५ प्रतिशत ट्याक्स अर्थात् दोहोरो ट्याक्स तिर्नुपर्ने बाध्यतालाई हटाउन सक्दा मात्रै नेपाल डेसिटनेसन वेडिङका लागि उपयुक्त गन्तव्य बन्न सक्छ ।
आन्तरिक रुपमा पनि वेडिङ डेस्टिनेसनमा जानेको संख्या बढ्दै गएको छ । काठमाडौंबाट पोखरा, चितवनलगायतका ठाउँमा गएर विवाह गर्ने र काठमाडौं बाहिरकाहरु काठमाडौंमा आएर विवाह गर्ने प्रचलन पनि पछिल्लो समय विकसित हुँदै गएको छ ।
कम्पनीले निश्चित आफन्तहरुलाई राखेर विदेश र स्वदेशमा रहेका आफन्तहरुलाई जुममार्फत नै विवाह गराएर सबैले आशीर्वाद दिने वातावरण पनि मिलाएको थियो ।
तर, यसरी नेपालभित्रै वेडिङ म्यानेजमेन्ट गर्दा पहिले–पहिला भने पर्याप्त मात्रामा होटल तथा रिसोर्टमा कोठा पाउनै समस्या हुन्थ्यो । पछिल्लो केही वर्षयता पोखरामा ठुल्ठूला रिसोर्टहरु सञ्चालनमा आएपछि भने केही सहज भएको उपाध्यायले बताए । एउटा होटलमा ३० देखि ४० वटा कोठाहरु रहने र त्यहाँ सबै जना अटाउन सक्ने क्षमता नहुँदा धेरैवटा होटललाई व्यवस्थापन गर्नुपर्ने बाध्यता थियो । तर अहिले ठूलो होटल, रिसोर्ट खुलेपछि सहज भएको उनी बताउँछन् ।
कोभिडका बेला ३ दिनसम्म पोखराको एउटै होटलमा सबैलाई राखी विवाह गरेको समेत अनुभव उनीसँग छ । काठमाडौंबाट गएको विवाहका लागि सबैको पीसीआर परीक्षण गरिएको र तीनदिनसम्म कसैलाई बाहिर निस्कन नदिएर पनि विवाह गरेको क्षण अविस्मरणीय रहेको उनी बताउँछन् । योसँगै कोभिडकै बेला जुम मार्फत पनि कम्पनीले विवाह सम्पन्न गराएको थियो ।
कम्पनीले निश्चित आफन्तहरुलाई राखेर विदेश र स्वदेशमा रहेका आफन्तहरुलाई जुममार्फत नै विवाह गराएर सबैले आशीर्वाद दिने वातावरण पनि मिलाएको थियो । कोभिडका बिचमा जुम वेडिङ पनि धेरै गरिएको सुवालको भनाइ छ ।
वेडिङ म्यानेजमेन्टमा १ लाखदेखि ३ करोडसम्म खर्च
विवाहको म्यानेजमेन्टका लागि खर्च त हुन्छ नै । घर बनाउने र विवाह गर्नका लागि लाग्ने खर्च उस्तै हो भनिन्छ । त्यसमा पनि सबैभन्दा बढी भारतीयले खर्च गर्ने गरेका छन् । भारतीयले बढी डेकोरेसन गर्न रूचाउँछन् । उनीहरुले फूल सजावटका लागि धेरै खर्च गर्ने गरेका छन् ।
मोर्डन तरिकाको विवाह मण्डप बनाए पनि त्यसमा संस्कृति र परम्परालाई भने निरन्तरता दिइरहेका हुन्छन् । मण्डपका लागि आवश्यक आँप, चाप, केराको पातसहित सबै राखिएको हुन्छ ।
हालसम्म काठमाडौं र पोखरा वेडिङले १ लाख देखि ३ करोड रुपैयाँसम्मको विवाह गराइसकेको छ । यो रकम खाना र पार्टीबाहेकको हो । यसमा डेकोरेसनको मात्र खर्च लिने गरेको हो । ३ करोडमा लिइएको बिहेको पार्टी भने ८ वटा भएका थिए । त्यस बेला छट्टाछुट्टै दिनका लागि त्यहीअनुसारको श्रृंगार गरिएको हुन्छ । अहिले विवाह गर्ने भनेपछि न्यूनतम ४ वटा पार्टी हुन्छन् । उनीहरुले भने ८ वटा पार्टीसमेत गराएका थिए ।
भविष्य धेरै राम्रो छ
विवाह एउटा सामाजिक एवं साँस्कृतिक प्रक्रिया हो । यो कहिल्यै सकिँदैन । झन् पछिल्लो समय विवाहका लागि मोटो रकम खर्चिने प्रचलन बढ्दो छ । त्यसका लागि राम्रो व्यवस्थापन गर्न सकियो भने कहिल्यै पनि पछि फर्केर हेर्नुपर्दैन । वेइडिङ डेस्टिनेसनले सरकारको राजस्वमा पनि टेवा पु¥याउँदै आएको छ ।
‘हामीले सरकारलाई प्रत्यक्ष रुपमा कर तिरेर सहयोग गर्दै आएका छौं’, सुवाल भन्छन्, ‘पछिल्लो समय विवाहलाई भव्य बनाउन चाहनेहरु धेरै छन् । त्यसलै यो क्षेत्रमा सुझबुझका लागि मनैदेखि काम गर्न चाहनेहरुको भविष्य उज्वल छ ।’
वेइडिङ म्यानेजमेन्ट नै किन ?
पछिल्लो समय सामाजिक सञ्जालमा वेइडिङ म्यानेजमेन्ट गरिदिने भन्दै विभिन्न प्रचारमूलक सामग्रीहरु छ्याप्छ्याप्ती देखिन थालेको छ । तर, काठमाडौं वेडिङ म्यानेजमेन्टको भने प्रचार देखिँदैन । उनीहरु प्रचारमा भन्दा काममा बढी विश्वास गर्छौं ।
हामी एक समयमा एउटा विवाहको मात्र जिम्मा लिन्छौं । धेरै जनाको प्रस्ताव आए पनि एउटा विवाहको मात्र जिम्मा लिन त्यहाँ सम्पूर्ण ध्यान केन्द्रित गर्न सकिने र आवश्यक सम्पूर्ण सुविधाहरु दिने गरेकाले पनि काठमाडौं वेडिङ म्यानेजमेन्ट अहिलेको अवस्थासम्म आइपुगेको उनले बताए ।
एउटा विवाह राम्रोसँग गरेपछि त्यहीबाट प्रचारप्रसार हुँदै गएको छ । एउटा कामले अर्को काम पनि तान्दै आएको हुन्छ । एउटा विवाहमा आएकामध्ये २० प्रतिशतले मात्र रोजे पनि हामीलाई पुग्छ ।
विदेशमा पनि शाखा खोल्ने तयारी
नेपालमा मात्र नभई काठमाडौं वेडिङ म्यानेजमेन्टले विदेशमा समेत आफ्नो उपस्थिति जनाउने तयारी थालेको छ । त्यसका लागि विभिन्न मुलुकका स्थानीयहरु इभेन्ट म्यानेजमेन्टहरुसँग सहकार्य गरिरहेको छ ।
स्थानीयहरुको साथबिना सबै नेपालबाट मात्र लगेर सम्भव नभएकाले सहकार्यमा खोल्नका लागि छलफल अघि बढाएका छन् । हाल टर्की, ग्रिस, थाइल्यान्ड, बाली र गोवामा तयारी गरिरहेका छन् । कोभिड संक्रमण न्यून हुँदै गएपछि ती ठाउँमा साझेदारीका रुपमा जाने काम दु्रत गतिमा बढाउने योजना बनाएका छन् ।