काठमाडौं । एनआईसी एसिया बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’ सञ्चालनमा ल्याएको छ । ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाअन्तर्गत खातावालाले ८४ लाख रुपैयाँसम्मको ३ वटा बिमा प्राप्त गर्ने बैंकले जनाएको छ ।
के हो सर्वश्रेष्ठ बचत खाता ?
एनआईसी एसिया बैंकको सर्वश्रेष्ठ बचत खाता योजना नेपालको बैंकिङ क्षेत्रमै पहिलो र सर्वश्रेष्ठ फाइदा सहितको बचत खाता भएको बैंकले दाबी गरेको छ । सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत विशेष गरी ३ श्रेणी छन् । पहिलो ‘एनआईसी एसिया गुडविल एम्बेसडर’, दोस्रो ‘द प्राइड अफ एनआईसी एसिया’ र तेस्रो ‘द पार्टनर अफ एनआईसी एसिया’ हुन् ।
गुडविल एम्बेसडर बचत खाता खोल्ने ग्राहकले ८४ लाख रुपैयाँसम्मका ३ बिमासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूको साथै सर्वाधिक उच्च ब्याजदर, ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू प्राप्त गर्न बैंकले जनाएको छ ।
बैंकका अनुसार गुडविल एम्बेसडर श्रेणीका खातावालाहरूलाई बैंकले एम्बेसडर सरह लिएको छ । उक्त खातामा न्यूनतम १ लाख रुपैयाँ बचत हुनुपर्ने छ । त्यस्तै प्राइड श्रेणीको खाताका लागि न्यूनतम ५० हजार रुपैयाँ र पार्टनर श्रेणीको खाताका लागि भने २५ हजार रुपैयाँ बचत गर्नुपर्नेछ ।
सर्वश्रेष्ठ बचत खाताको बिमामा के के फाइदा छन् ?
सर्वश्रेष्ठ बचत खाता योजनामा सहभागी हुने ग्राहकले ८४ लाख रुपैयाँसम्मको ३ वटा बिमा समेत प्राप्त गर्ने बैंकले जनाएको छ ।
योजनाअन्तर्गत गुडविल एम्बेसडर श्रेणीका खातावाला एवं निजले मनोनीत गर्ने परिवारका अन्य ३ जना सदस्य वा अन्य व्यक्तिहरूलाई समेत खातावाला बराबर ३ प्रकारका बिमा प्रदान गरिने बैंकले जनाएको छ । जसमा दुर्घटना बिमा, घातक रोग बिमा, स्वास्थ्य उपचार बिमा गरी ३ प्रकारका बिमा उपलब्ध छन् ।