काठमाडौं । एनएमबी बैंकले माइती नेपालमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । माइती नेपालका महिलालाई वित्तीय साक्षरता दिएको हो । उक्त कार्यक्रममा माइती नेपालका ५३ जना महिलाको उपस्थिति थियो ।
बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित महिलालाई उत्प्रेरणा दिँदै बचत, लगानी, बिभिन्न प्रकारका कर्जाहरू तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरूको विषयमा वित्तीय शिक्षा प्रदान गरेको हो ।
उक्त कार्यक्रममा माइती नेपालको तर्फबाट सस्थापक अनुराधा कोइराला, कार्यकारी सञ्चालक विश्वराम खड्का, कार्यक्रम सञ्चालक युवराज कोइराला र बैंकका तर्फबाट कर्मचारी डा. बुद्धि मल्ल, शरद पौडेल र नबिन पन्थीको उपस्थिति थियो ।
बैंकले नारी सशक्तीकरणका लागि विभिन्न समयमा बिभिन्न महिला समूहरूलाई वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ ।
माइती नेपालका महिलालाई गरिएको यस कार्यक्रमले उनीहरूमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ ।
बैंक र माईती नेपाल दुवै संस्थाले भविष्यमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रम तथा अन्य सम्भावित कार्यक्रमहरूमा सहकार्य गर्ने जनाएका छन् ।
एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।
एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफदिइयर नेपाल’ प्राप्त गरिसकेकको छ ।
बैंकले हाल देशभरि २०१ शाखाहरू, १३८ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।