काठमाडौं । जीवन बिमा कम्पनीले चालू आवको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरण सार्वजनिक गर्ने अधिकांश जीवन बिमा कम्पनीको खुद नाफामा गिरावट आएको छ ।
हाल सञ्चालनमा रहेका १९ जीवन बिमा कम्पनीले चालू आवको तेस्रो त्रैमासममा कुल २ अर्ब २८ करोड नाफा गरेका छन् । गत वर्ष यसै अवधिमा जीवन बिमा कम्पनीले करिब ३ अर्ब १६ करोड नाफा गरेका थिए । गत वर्षको सोही अवधिको तुलनामा जीवन बिमा कम्पनीको ८८ करोड नाफा घटेको देखिन्छ । जुन नाफा औसतमा १४ प्रतिशत कम हो ।
सबैभन्दा बढी खुद नाफा गर्ने कम्पनी
चालू आवको तेस्रो त्रैमासमा आइपुग्दा नेसनल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले तेस्रो त्रैमासमा २५ करोड ५६ लाख खुद नाफा गरेको छ । त्यस्तै, रिलायबल नेपाल लाइफले २१ करोड र ज्योति लाइफ इन्स्योरेन्सले २० करोड ६५ लाख खुद नाफा गरेको छ ।
सबैभन्दा कम नाफा गर्ने कम्पनी
युनियन लाइफ इन्स्योरेन्सले सबैभन्दा कम २ करोड ७२ लाख खुद नाफा गरेको छ । त्यस्तै, राष्ट्रिय बिमा संस्थानले ४ करोड ९६ लाख, एलआईसी लाइफ नेपालले ६ करोड खुद नाफा गरेका छन् ।
खुद नाफामा गिरावट आएका कम्पनी
चालू आवको तेस्रो त्रैमाससम्ममा १९ जीवन बिमा कम्पनीमध्येका ८ बिमा कम्पनीको खुद नाफा घटेको छ । खुद नाफा घट्नेको अग्रस्थानमा युनियन लाइफ इन्स्योरेन्स छ । त्यस्तै एलआईसी लाइफ, मिट लाइफ, नेसनल लाइफ, नेपाल लाइफ, सूर्या लाइफ, प्रभु लाइफ र प्राइम लाइफ इन्स्योरेन्सको खुद नाफा घटेको छ भने अन्य ११ कम्पनीको नाफा बढेको छ ।
कुन कम्पनीको नाफा कति ?
चालू आवको तेस्रो त्रैमासम्ममा युनियन लाइफले २ करोड ७२ लाख, महालक्ष्मी लाइफको ७ करोड २४ लाख, एलआईसी लाइफको ६ करोड, रिलायन्स लाइफले १२ करोड ४ लाख, रिलायबल नेपालले २१ करोड ३८ लाख खुद नाफा गरेका छन् ।
साथै, मिट लाइफको १८ करोड १० लाख, नेसनल लाइफको २५ करोड ५६ लाख, गुराँस लाइफको १३ करोड १६ लाख, नेपाल लाइफको १९ करोड ४५ लाख, सूर्या लाइफको १५ करोड, सन लाइफ १४ करोड ३६ लाख र सानिमा लाइफले १३ करोड ३८ लाख खुद नाफा गरेको छ ।
प्रभु लाइफको १० करोड १३ लाख, एसियन लाइफको १८ करोड ४० लाख, राष्ट्रिय बिमा संस्थानको ४ करोड ९६ लाख, प्राइम लाइफको १८ करोड ९५ लाख, आईएमई लाइफले १० करोड १९ लाख, सिटिजन्स लाइफले १४ करोड ६३ लाख र ज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा २० करोड ६५ लाख रहेको छ ।