काठमाडौं । बिमा कम्पनीहरु भटाभट पाटर्नर खोज्दै मर्जको तयारमा जुटिरहेका छन् । बिमा समितिले एक वर्षभित्र जीवन बिमा कम्पनीलहरुलाई ५ अर्ब र निर्जीवन बिमा कम्पनीलाई साढे २ अर्ब पुँजी पुर्याउन निर्देशन दिएसँगै यी दुई कम्पनी मर्जको लागि जुटेका हुन् ।
हालसम्म आधा दर्जन बिमा कम्पनीले मर्जको तयारी सुरु गरेका छन् । एभरेस्ट र हिमालयन इन्स्योरेन्स कम्पनी लिमिटेड एक-आपसमा गाभिने (मर्ज) मा जान एमओयू गरेका छन् ।
साथै, प्रिमियर इन्स्योरेन्स कम्पनी र सानिमा जनरल इन्स्योरेन्स पनि मर्जको तुयारीमा जुटेका छन् । हालै मात्र प्राइम, युनियन र गुराँस लाइफ पनि मर्जको तयारी सुरु गरेको जनाएका छ ।
अन्य केही बिमा कम्पनीले भने मर्जमा जान उपयुक्त पाटर्नर पाए लगतै मर्जको तयारी थाल्ने जनाएका छन् । यता युनाइटेड इन्स्योरेन्सले भने मर्जर तथा एक्वीजिसन सम्बन्धि प्रस्ताव पारित गर्न २८ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले जेठ २३ गते, बिहान ११ बजे, अनमोल ब्याङ्गकेट शंखमुल काठमाडौंमा सभा बोलाएको हो ।
सभाले बीमा समितिको निर्देशनअनुसार चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन कुनै निर्जीवन बिमा कम्पनीसँग एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न तथा त्यस सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पनी र दायित्व मूल्यांकन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
यस्तै डीडीए गर्नका लागि मान्यता प्राप्त मूल्यांकनकर्ताको नियुक्ति र निजको पारिश्रमिक तोक्नेलगायतका मर्जरसम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रकृया पूरा गर्न पनि सञ्चलक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
सभाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी ४ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना गरी ६ जना सञ्चालकहरुको समेत निर्वाचन गर्नेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ ९ गते बुम क्लोज गर्ने जनाएको छ । त्यस अनुसार जेठ ८ गतेसम्म कायम शेयरधनी मात्रै सभामा सहभागी हुन सक्नेछ ।