काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहका निर्वाचनको परिणाम प्राप्त हुन थालेका छन्। अहिलेसम्म २३ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ।
जसमध्ये ९ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ । यस्तै नेपाली कांग्रेसले ९ वटा स्थानीय तहमा जितेको छ। माओवादी केन्द्रले ३ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित हात पारेका छन्। कम मतदाता भएका हिमाली र पहाडी जिल्लाको मत परिणाम आउन थालेका छन् ।
धेरै मतदाता भएका पालिकाको मत परिमाण आउन अझै केही दिन लाग्ने देखिएको छ । मनाङका सबै पालिकाहरुको परिणाम आएको निर्वाचन आयोगले जनाएको छ ।
हालसम्म सार्वजनिक भएको परिणाममा एमाले, कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले स्थानीयत तहमा जित हासिल गरेका छन् ।
२६१ तहमा कांग्रेस, १८८ तहमा एमाले, १०१ स्थानमा माओवादी केन्द्र र १७ स्थानमा समाजवादी र १७ स्थानमा स्वतन्त्रसहित अन्यको अग्रता रहेको छ ।
एमाले विजयी भएका पालिका
मनाङको मनाङ ङिस्याङ गाउँपालिकाः अध्यक्ष कान्छा घले
मनाङको चामे गाउँपालिकाः अध्यक्ष लोकेन्द्रबहादुर घले
मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिकाः अध्यक्ष लोप्साङ छोम्पेल विष्ट
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाः अध्यक्ष रिङजिन नामगेल गुरूङ
मुस्ताङको लोमान्थाङ गाउँपालिकाः अध्यक्ष टसी नर्बु गुरूङ
डोल्पाको से फोक्सुण्डो गाउँपालिकास् अध्यक्ष धावा सम्डुङ गुरुङ
सोलोखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाः अध्यक्ष मिङ्मा छिरि शेर्पा
बझाङको साइपाल गाउँपालिकाः अध्यक्ष मानबहादुर बोहोरा
नवलपुरको बौदीकाली गाउँपालिकाः अध्यक्ष प्रकाश ओझा
कांग्रेस विजयी भएका पालिका
मनाङको नार्पा भूमी गाँउपालिकाः कोन्जो तेन्जीङ लामा
मनाङको नासोँ गाउँपालिकाः धनबहादुर गुरुङ विजयी
मुस्ताङको घरपोझङ गाउँपालिकास् मोहनसिंह लालचन
गुल्मीको रेसुङ्गा नगरपालिकाः खिलध्वज पन्थी
गन्यापधुरा गाउँपालिकाः अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
गुल्मीको गुल्मीदरबार गाउँपालिकाः अध्यक्ष सरोजकुमार थापा
डोटीको बडीकेदार गाउँपालिकाः अध्यक्ष भैरवबहादुर साउद
हुम्लाको खार्पुनाथ गाउँपालिकाः अध्यक्ष कर्णबहादुर रावल
नेकपा माओवादी केन्द्र
डोल्पाको जगदुल्ला गाउँपालिकाः अध्यक्ष नारसिङ रोकाय
दैलेखको नौमुले गाउँपालिकाः अध्यक्ष छविराम सुवेदी
बाग्लुङ ताराखोला गाउँपालिकाः अध्यक्ष धनबहादुर विक
नेकपा एकीकृत समाजवादी
डोल्पाको छार्का साङतोङ गाउँपालिकाः अध्यक्ष सेनाङ गुरुङ
डोल्पाको काइके गाउँपालिकाः अध्यक्ष अंगदकुमार राना