काठमाडौं । सरकारी स्वामित्व रहेको राष्ट्रिय बिमा कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीले गत वर्षको सोही अवधिको तुलनामा नाफा बढाएकाे छ ।
चालू आवको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा कम्पनीले २४ करोड २६ लाख खुद नाफा गरेको छ । गत वर्ष यसै अवधिमा उसले २७ करोड खुद नाफा गरेको थियो । जुन चालू आवको तुलनामा करिब २७ प्रतिशतले कम हो ।
यस अवधिमा कम्पनीको खुद बिमाशुल्क पनि २६.६७ प्रतिशतले बढेर २४ करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १९ करोड ३७ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले कुल ५४ करोड आम्दानी गरेको छ भने गत वर्ष यसै आवधिमा कम्पनीले ४५ करोड ९० लाख आम्दानी गरेको थियो ।
कम्पनीले पुनर्बिमा कमिसनबापत १५ करोड १९ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट १२ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ३१ करोड ९८ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ६० करोड १५ लाख रुपैयाँ सञ्चित छ ।
चैतसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १७१ रुपैयाँ ३६ पैसा, प्रतिसेयर नेटवर्थ १३४५ रुपैयाँ ८ पैसा र मूल्य आम्दानी अनुपात १३३.०५ गुणा रहेको छ ।
हालसम्म कम्पनीले एकपटक लाभांश वितरण गरेको छ ।
कम्पनीले २०६२/६३मा कुल ११४.२७ प्रतिशत लाभांश वितरण गरेको थियो । सो लाभांशपश्चात भने हालसम्म वितरण गरेको छैन ।