विगतमा स्थानीय निकायमा देखिएको समस्या समाधान हुन्छ भन्ने आशाले मुलुक संघीयतामा जान लाग्दा खुसी लागेको थियो ।
देशमा संघीयता आउनुपूर्व उद्योगी÷व्यवसायीले स्थानीयबाट ठूलो कष्ट व्यहोरेका थिए । संघीयतामा देश जानुपूर्व सडक, श्रम, फोहोर व्यवस्थापन, विद्युत् जडान (कनेक्टिभिटी) जस्ता समस्या थिए । तर, संघीयतामा गइसकेपछि ती समस्या समाधान भएनन्, बरू झन बढेको आभास भइरहेको छ । उद्योगी व्यवसायीले निर्बाध व्यवसाय गर्न पाउँछन् भन्ने आशामा तुुषारापात भएको छ ।
संघीयतासँगै स्थानीयस्तरमा भएका समस्या समाधान गर्नेभन्दा समस्या थप्ने काम भयो । जथाभावी कर निर्धारण हुन थाल्यो र नचाहिने ठाउँमा पनि कर थपियो । स्थानीय सरकारलाई पैसा चाहिएको छ भनेर अनेकन हत्कण्ठा अपनाएर व्यवसायीलाई थप आर्थिक बोझ बोकाउने काम मात्रै भयो । पछिल्लो समय मनलाग्दी कर उठाउने प्रथा केही हदसम्म नियन्त्रणमा आएको छ । तर, अझै पनि कैयौं समस्या ज्युँकात्यूँ छन् । एउटा प्रदेशबाट अर्को प्रदेशमा जाँदा होस् वा स्थानीयको समस्या नै किन नहोस्, समाधानको पहल भएको छैन ।
असंवैधानिक, अव्यावहारिक, तिर्नै नसकिने कर लगाएको छ । यसले उद्योगलाई टिकाइराख्न सकस भएको छ । तत्कालै सुुधार हुनुुपर्ने विषयहरु पनि वर्षौंसम्म जेलिएका छन् । केन्द्रीय सरकारले बारम्बार दायराभन्दा बाहिर गएर विभिन्न किसिमका कर नलिन भने पनि स्थानीय तहले कुनै मतलब गरेको छैन ।
संघीयतामा मुलुुक गइसकेपछि भारतमा जस्तै नेपालमा पनि एक प्रदेशले अर्को प्रदेशसँग प्रतिस्पर्धा गरेर लगानीको वातावरण बनाउँछन् भन्ने सोचिएको थियो । भारतमा एउटा प्रदेशको लगानीकर्तालाई आफ्नो प्रदेशमा भिœयाउन अनेकन सेवा–सुविधा दिइन्छ । त्यस्तो असल अभ्यास देखेका हामी समस्या थप्दै गएको देख्दा आश्चर्य लागेको छ ।
व्यावसायिक दृष्टिबाट संघीयतालाई हेर्दा कुन प्रदेश र स्थानीय तहले बढी सहुलियत दिन्छ भनेर हेर्नैपर्ने हुन्छ ? कसले निःशुल्क र सहज तरिकाले जग्गा दिन्छ ? बिजुली, पानी र सडक छिटो पुु¥याइदिने ग्यारेन्टी कसले गर्छ ? श्रम समस्या समाधानमा कसले पहल लिन्छ ? नयाँ उद्योग राख्दा कर छुटको प्रावधान कसले अघि सार्छ ? भन्ने आधारमा उद्योग खोल्ने परिस्थिति बन्न सक्छ ।
तर, त्यसतर्फ कुनै प्रयास भएनन् । यसतर्फ प्रदेश र स्थानीय तहको प्रतिस्पर्धा हुनुुपर्ने हो । तर, नेपालमा कर कसरी असुल्न सक्छ भन्नेमा मात्रै प्रतिस्पर्धा भइरहेको छ ? प्रदेश र स्थानीय तहबीच राम्रो प्रतिस्पर्धा होस्, उद्योगी÷व्यवसायी आकर्षित हुने वातावरण निर्माण होस् ।
-गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन् ।