काठमाडौं । लण्डनको स्पा ब्रान्ड ‘नौद थाई’ र ‘माइ थाई’ रेष्टुराँको उद्घाटन भएसँगै सञ्चालनमा आएको छ । नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासावले नौद थाई स्पा र ‘माइ थाई’ रेष्टुराँको संयुक्त उद्घाटन गरेका हुन् ।
नौद थाई स्पा सञ्चालनमा आए पनि अधिकारिक रूपमा उद्घाटन गरिएको थिएन । नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासावले उद्घाटन गरेसँगै स्पा र रेष्टुराँ पूर्णरूपमा सञ्चालनमा आएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत भोसिता भोरासावले नौद थाई स्पा उद्घाटन गर्दै खुसी लागेको बताए । उद्घाटन कार्यक्रममा बिभिन्न थाई सांगीतिक प्रस्तुतिसमेत थियो ।
नौद थाई स्पाले नेपालमानै अन्तर्राष्ट्रिय स्तरको स्पा, मसाज तथा वेलनेस सेन्टरको सुबिधा दिइरहेको छ । काठमाडौंका मानिसहको जीवन अत्यन्तै व्यस्त भइरहेको सन्दर्भमा स्पा, मसाज तथा ‘बडी केयर वेलनेस’ले शरीर तन्दुरुस्त बनाउने गर्छ । नौद थाई स्पाले अल इन वान सेवा उपलब्ध गराउँदै आएको छ ।
जसमा मसाज, स्टिम, साउना, ज्याकुजी, हेयर सलुन, कलरिङ, फेसियल, मेनिक्युर, पेडिक्युरलगायतका सुविधाहरु पाउन सकिन्छ । नौद थाई स्पाले आम ग्राहकको माया पाउन सफल रहेको छ । काठमाडौंका मानिसहरु आफ्नो शरीरलाई समय दिने, स्पा मसाजमा जाने ट्रेन्ड चलिरहेको अवस्थामा अन्तर्राष्ट्रिय स्तरको मसाज नेपालमै खुल्नु खुसीको कुरा हो ।
हाल नौद थाई स्पा बेलायतको आठवटा विभिन्न स्थानहरुबाट सेवा दिँदै आएको र काठमाडौंमा खोलिएको नौद थाई स्पा ग्लोबल आउटलेटको एक आउटलेट रहेको छ । नौद थाई स्पामा आएका ग्राहक दोहोरिएर आएको र यहाँको सेवा अन्तर्राष्ट्रिय स्तरको रहेको पाइएको छ ।
स्पा र रेष्टुराँको सेवाबाट ग्राहकहरु उच्चतम सन्तुष्ट हुने विश्वास लिइएको छ । साथै थाई परिकारको अथेन्टिक खाना खुवाउने लक्ष्य माई थाईले लिएको छ । यसका लागि माइ थाईले थाइल्यान्ड देशबाट नै सेफ हायर गरी ल्याइएको हो ।
थाई परिकार मन पर्नेहरुले एकपल्ट माइ थाई रेष्टुराँ आएर उपलब्ध सेवा लिन सक्नेछन् । नौद थाई स्पा र माई थाई रेष्टुराँ काठमाडौंको पानीपोखरी लाजिम्पाटमा छ ।