काठमाडौं । सेफ पेसामा अष्ट्रेलिया जानचाहने विद्यार्थीको रोजाइमा पोखराको कान्तिपुर टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज पर्न थालेको छ । अध्ययनपछि अष्ट्रेलियाका लागि समेत प्रोसेसिङ र रोजगारीको ग्यारेन्टी कलेजले गर्ने भएपछि युवाहरुको रोजाइ पोखराको कान्तिपुर कलेज पर्न थालेको हो ।
साथै अध्ययनका लागि प्रवेश परीक्षा पास भएपछि कलेजले बिहान बेलुुका खाना, खाजा, नास्ता तथा होस्टलको समेत व्यवस्था गरेको कलेजका संस्थापक अध्यक्ष विजय पौडेल बताउँछन् । पोखराको कान्तिपुर टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजले कुलिनरी सोलुसन अष्ट्रेलिया इन्टरनेसनलबाट सम्बन्धन लिई विगत ६ वर्षदेखि होटल म्यानेजमेन्ट र कुलिनरी आर्टस विषयमा अध्ययन गराइरहेको छ ।
कलेजले दिएको जानकारीअनुसार प्लस टू देखि स्नातक गरिसकेका विद्यार्थीले यो कोर्ष अध्ययन गर्न सक्नेछन् । कलेजले लिने लिखित परीक्षा सामान्य ज्ञान, अंग्रेजी भाषा, मौखिक प्रश्न र मेडिकल पास भइसकेका विद्यार्थीले मात्र यो कोर्षका लागी भर्ना पाउनेछन् ।
वर्षमा ३ वटा इन्टेक हुने भएकाले विद्यार्थी प्लस टू दिएर वा ब्याचलर लेवल पढ्दै गर्दा प्रोफेसनल कोर्ष गरेर अष्ट्रेलिया जान्छु वा पेसामा तुरुन्त आबद्ध भइहाल्छु भन्नेका लागि सो कोर्ष उपयोगी हुने कलेजका संस्थापक अध्यक्ष पौडेलको भनाइ छ । उनका अनुसार सो कार्षका लागि एक पटकमा ३२ जना विद्यार्थीलाई मात्र भर्ना लिने गरिन्छ ।
६ महिनासम्म बिहान ८ देखि बेलुका ५ बजेसम्म कुलिनरी आर्टसको कोर्ष गरिसकेपछि विद्यार्थीलाई सिधै अष्ट्रेलियादेखि नै परीक्षा लिने र परीक्षा दिएको केही समयमा सर्टिफिकेट आइपुग्ने कलेजका प्रिन्सिपल तथा कुुलिनरी डाइरेक्टर सेफ राम कोदान्दा बताउँछन् ।
सर्टिफिकेट आएपछि दुवै माल्दिभ्स, बहराइनका पाँचतारे होटलमा सेफका रुपमा रोजगारी ग्यारेन्टी गर्ने व्यवस्था कलेजले नै गर्ने कोदान्दाको भनाइ छ ।
विश्वमै बढिरहेको पर्यटन व्यवसायसँगै सेफको जागिरबाट अन्य पेसाभन्दा धेरै गुणा बढी आम्दानी हुुने र संसारभरि नै सजिलै जान सक्ने सेफ मर्यादीत पेसा हो । पैसा, इज्जत मात्रै नभई रातो पासपोर्टधारी सरह अवसर पाइने भएकाले पनि युवा पुस्ताको यसप्रति आकर्षण बढेकोे कलेजका अध्यक्ष विजय पौडेलले बताए ।