काठमाडौं । गत वर्षको नाफाबाट सेयरधनीलाई शतप्रतिशत बोनस वितरण गरेको हिमालयन डिस्टिलरीले चालू आवको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
हिमालयन डिस्टिलरीले चालू आवको तेस्रो त्रैमासम्ममा ७८ करोड ८३ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष यसै अवधिमा कम्पनीले ६७ करोड २७ लाख नाफा गरेको थियो । गत वर्षको तेस्रो त्रैमासको तुलनामा कम्पनीको नाफा बढेको देखिन्छ ।
यस अवधिमा हिमालयन डिष्टिलरीको चुक्ता पुँजी १ अर्ब ५१ करोड ८४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको सञ्चति कोष (रिजर्भ) १ अर्ब ५ करोड ७५ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्ता पुँजी र रिजर्भ जोड्दा २ अर्ब ५७ लाख हुन्छ । कम्पनीले २ अर्ब ५७ करोड पुँजी लगानी गरी ७८ लाख ८३ करोड नाफा गरेको हो । जुन नाफा औसतमा ३ दशमलव ३८ प्रतिशत हो ।
गत वर्ष कम्पनीको चुक्ता पुँजी र रिजर्भ १ अर्ब ६३ करोड रुपैयाँ थियो । उक्त १ अर्ब ६३ करोड बराबरको पुँजीबाट कम्पनीले ६७ करोड २७ लाख नाफा गरेको थियो । गत वर्ष यसै अवधिमा कम्पनीको नाफा औषतमा २ दशमलव ४२ प्रतिशत थियो ।
गत वर्षको तुलनामा यस अवधिमा कम्पनीको औसत नाफा ० दशमलव ९५ प्रतिशतले बढेको देखिन्छ । तेस्रो मसान्तसम्ममा कम्पनीले ५ अर्ब १८ करोडको कारोबार गरेको छ।
कम्पनीले यसपाली ५ अर्ब १८ करोड ७८ लाख रुपैयाँको मदिरा बिक्री गरेको छ। जुन गत वर्षको भन्दा यो ३०.१९ प्रतिशतले बढी हो। गत वर्ष यसै अवधिमा कम्पनीले ३ अर्ब ९८ करोड ४५ लाख रुपैयाँको मदिरा बिक्री गरेको थियो।
कम्पनीको मूल्य आम्दानी अनुपात ५१.८८ गुणा छ। कम्पनीको प्रति सेयर नेटवर्थ १६९.६४ रुपैयाँ छ।