काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि वैशाख २५ गते आइतबारदेखि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले आयोजना प्रभावित कास्की जिल्लाका स्थानियका लागि ९ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ९ लाख कित्ता आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनी निष्कासनमा ल्याएको आईपीओमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका-१, २, ३, ४, ६ र ७ का स्थानीय बासिन्दाहरुका आवेदन दिन पाउनेछन् ।
साे आईपीओमा छिटोमा जेठ ८ गते र ढिलोमा जेठ २३ गते आवेदन दिन पाइनेछ । स्थानीयले लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्युरोड (कास्की), माछापुच्छ«्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौंडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्राएनपी आईआर बी प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।