काठमाडौं । यस अघिको आफ्नै रेकर्ड तोड्दै कामी रिता शेर्पाले २६ औं पटक सगरमाथाको आरोहण गरेका छन् ।
आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिटले उनी आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार सगरमाथा शिखरमा पुगेका जानकारी दिए ।
कामी रितासँगै सोना शेर्पा, निग्मा तासी शेर्पा ,फुर्वा छिरिङ शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेन्जी शेर्पा ,फुर्वा कुसाङ शेर्पा, मिग्मा दाण्डु शेर्पा, पासतेञ्जी शेर्पा, तारेमान तामाङ र फुर्वा छोतार पनि सगरमाथा आरोहणका लागि बाटो बनाउँदै र डोरी टाँग्दै शिखरमा पुगेका हुन् ।
२०२७ सालमा सोलुखुम्बुको थामे गाउँमा जन्मिएका कामिरिताले पहिलो पटक सन् १९९२ र १९९३ मा सगरमाथा आरोहण गरेका थिए । तर, त्यो बेला शिखर चुम्न भने सकेनन् ।
बीचबाटै फर्किएका शेर्पाले २४ वर्षको उमेरमा सन् १९९४ मा सगरमाथा शिखर चुमेका थिए । चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले उनले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए ।
सन् २०१८ बाट उनले सेभेन समिटमा काम सुरु गरेका हुन् । कर्मले चिनिएका कामिरिता