काठमाडौं । ‘आउटसोर्सिङ’ कम्पनी सञ्चालकका रुपमा चिनिन्छन्, रामेश्वर शाहलाई । आउटसोर्सिङ कम्पनीमा लामो समय बिताएका उनै शाह अहिले आफ्नो परिचयमा पर्यटन व्यवसायीको ट्याग थप्ने मेसोमा छन् । अर्थात्, उनले अहिले चितवनको सौराहामा पाँचतारे स्तरको रिसोर्ट निर्माण गरिरहेका छन् ।
होटल र रिसोर्टहरुको भीडमा सौराहा नै रोज्नाको कारण र त्यहाँ देखेको सपनाको विषयमा शाहकै शब्दमाः
नेपालको आर्थिक विकासका लागि कृषिपछि पर्यटन नै हो । बाह्य वा आन्तरिक पर्यटकहरु सबैभन्दा बढी जाने गन्तव्य भनेकै पोखरा र सौराहाा नै हो । हवाई यात्रामा २० देखि २५ मिनेटमा काठमाडौंबाट पोखरा पनि पुग्न सकिन्छ भने भरतपुरको दूरी पनि उति नै हो ।
पोखरामा ताल र माउन्टेन छ भने सौराहाामा खोला, जंगल, वाइल्डलाइफसँगै माउन्टेन पनि छ । काठमाडौंबाट २० मिनेटको फ्लाइट र २० मिनेटको ड्राइभ गरेर सौराहाा पुगिन्छ । सबैभन्दा नजिकको गन्तव्य र मनोरञ्जनका लागि उत्तम गन्तव्य यही हो ।
ड्राइभमै पनि काठमाडौंबाट ४ घण्टामा सौराहाा पुगिन्छ । अर्को महत्वपूर्ण विषय भनेको संसारभरिबाट वाइल्डलाइफ लोपोन्मुख हुन लागेको अवस्थामा पनि सौराहाामा नजिकैबाट गैंडा, हरिण र अन्य जनवारहरु हेर्न पाइन्छ । जंगलवाक र क्यानोइङमा पनि जान सकिन्छ । तीर्थस्थल पनि नजिकै छ । र, झर्नाहरु पनि छन् ।
त्यति मात्र होइन, नेपालको अधिकांश कल्चर यहाँ छ । थारु र मधेसका कल्चर यहाँ हेर्न पाइन्छ । जुन कुरा अरबन लाइफहरुमा पनि भेटिँदैन ।
आन्तरिक पर्यटकहरु पनि सहजै र धेरै आउने विदेशी पर्यटकहरुको पनि मुख्य रोजाइ नै सौराहाा पर्ने गरेको छ । काठमाडौंको धुलो, धुवाबाट मुक्त हुनका लागि जाने गरेको धुलिखेल, नगरकोट पनि अब काठमाडौंजस्तै भइसकेकाले धेरैको रोजाइमा सौराहाा र पोखरा पर्न थालेको हो ।
काठमाडौंबाट नजिकको गन्तव्य भएकाले पनि बिहान आएर बेलुका वा बेलुका आएर बिहानै फर्कन सक्ने गन्तव्य सौराहा बनेको छ । पछिल्लो समय नेपालमा आन्तरिक पर्यटक बढेका छन् । नेपालको होटल क्षेत्र सस्टेनका लागि विदेशी पर्यटकहरु नै चाहिन्छ भन्ने छैन ।
आन्तरिक पर्यटकले नै पुग्छ । सौराहामै आउनेहरुमा ५२ देखि ५५ प्रतिशत आन्तरिक पर्यटकहरु हुन् । यहाँ १५९ वटा होटल तथा रिसोर्टहरु सञ्चालनमा छन् । ५ हजार ४०० भन्दा बढी बेड क्षमता रहेकामा ५५ प्रतिशत अकुपेन्सी त आन्तरिक पर्यटकले हुन्छ ।
पर्यटकहरुको एभरेज बसाइँ हेर्ने हो भने दुई रात तीन दिन भएको देखिन्छ । यदि यसमा एउटा मात्र गतिविधि बढाउन सकियो भने एक रातको बसाइँ लम्ब्याउन सकिन्छ । बसाइँ बढाउनेबित्तिकै ५५ प्रतिशतको अकुपेन्सीमा २५ प्रतिशत बढ्न सक्छ । यो भनेको अर्को ३० प्रतिशत होटललाई अझै धान्न सक्छ भन्ने मेरो अध्ययन हो ।
पर्यटकहरुको एभरेज बसाइँ हेर्ने हो भने दुई रात तीन दिन भएको देखिन्छ । यदि यसमा एउटा मात्र गतिविधि बढाउन सकियो भने एक रातको बसाइँ लम्ब्याउन सकिन्छ । बसाइँ बढाउनेबित्तिकै ५५ प्रतिशतको अकुपेन्सीमा २५ प्रतिशत बढ्न सक्छ । यो भनेको अर्को ३० प्रतिशत होटललाई अझै धान्न सक्छ भन्ने मेरो अध्ययन हो ।
अर्कोतर्फ विदेशी मुद्रा आर्जन गर्ने प्रमुख पर्यटन र रेमिट्यान्स नै हो । त्यसमा पनि रेमिट्यान्सलाई दीर्घकालीन रुपमा लिनुहुँदैन र नेपालभित्रैबाट आर्जन गर्ने स्रोतको रुपमा पर्यटनलाई लिनुपर्छ ।
अहिले नेपालमा निर्यातभन्दा आयात बढिरहेको छ । जसका कारणले विदेशी मुद्रा धेरै बाहिरिरहेका बेलामा डलर ल्याउनका लागि मुख्य माध्यम नै पर्यटन क्षेत्र हो । त्यसका लागि सुविधासम्पन्न होटल बनाउन आवश्यक छ । काठमाण्डौं साँघुरो भइसकेको छ । छोटो समयमै सौराहा पुगिने भएकाले मेरा लागि ‘बेष्ट प्लेस’ नै सौराहा भएको हो ।
मेरो होटलको फोकस आन्तरिक र बाह्य दुवै हुन्
निर्माणाधीन होटलको फोकस भनेकै आन्तरिक र बाह्य दुवै पर्यटकहरु हुन् । आन्तरिक पर्यटकको पनि पाँचतारे होटलमा बस्न सक्ने क्षमता छ । उनीहरु नेपालमा मात्र होइन, विदेशी मुलुकहरु युरोप, अमेरिका, अस्ट्रेलिया, माल्दिभ्सलगायत मुलुकमा घुम्न गइरहेका हुन्छन् । नेपालीहरुले आन्तरिक अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्याउँछ भने विदेशीहरुले डलर भित्र्याउन सहयोग पुर्याउँछ ।
त्यसका लागि विदेशी पर्यटकहरु धेरै नेपालमा ल्याउनुपर्छ र उनीहरुका लागि आवश्यक स्टान्डर्ड होटल तथा रिसोर्टहरु निर्माण हुन जरुरी छ र निर्माण पनि भइरहेका छन् ।
सौराहामा आउन चाहने विदेशी पर्यटकहरुलाई कुनै स्टान्डर्ड र ब्रान्डको खोजेमा मेरो होटल उपयुुक्त हुन सक्छ । अहिले यहाँ सुविधासम्पन्न होटल तथा रिसोर्टहरु नभएका होइनन् । तर, तीमध्ये पनि स्टान्डर्ड र विदेशी ब्रान्ड खोज्नेहरुका लागि होटल निर्माण गरिरहेको हुँ ।
मैले स्वदेशी र विदेशी दुवै पर्यटकलाई सुहाउने खालको होटल बनाउन खोजिरहेको छु । सस्तोमा बस्न चाहनेका लागि सौराहा फिट होस् र महँगोमा बस्न चाहनेलाई पनि बेस्ट होस् भन्ने चाहनो हो । मेरो सपना भनेकै सौराहामा सबै किसिमका पर्यटकहरु अटाउनु भन्ने नै हो ।
होटल बनाउने सोच यसरी बन्यो
म सौराहामा पाँचतारे होटल बनाउन आएको होइन । सोचेको पनि थिइनँ । तर, मलाई असाध्यै मनपर्ने ठाउँ हो यो । करिब १५÷१६ वर्ष बाहिर बस्दा पनि नेपाल आउनेबित्तिकै सौराहा आउने गरेको थिएँ ।
हरेकचोटि यहाँ आउदा सधैं नयाँ लाग्छ । त्यही अनुभूति गरिरहँदा यही ठाउँमा फार्म हाउस बनाउनका लागि दुई वर्षअघि १० कठ्ठा जग्गा लिएको थिएँ ।
यो कुरा साथीभाइहरुलाई सुनाउँदा उनीहरुले फार्म हाउस होइन, सानो तर पृथक् खालको होटल बनाऊ, जहाँ १५/१६ जना गएर बस्न मिल्ने होस् भन्ने सुझाव आयो । त्यहीअनुसार डिजाइन बनाउन लगाएँ । डिजाइन गर्दा स्वीमिङ पुलसहित सबै सुविधायुक्त २५ वटा बेडको तयार भयो र काम पनि अघि बढ्यो ।
यो कुरा साथीभाइहरुलाई सुनाउँदा उनीहरुले फार्म हाउस होइन, सानो तर पृथक् खालको होटल बनाऊ, जहाँ १५/१६ जना गएर बस्न मिल्ने होस् भन्ने सुझाव आयो । त्यहीअनुसार डिजाइन बनाउन लगाएँ । डिजाइन गर्दा स्वीमिङ पुलसहित सबै सुविधायुक्त २५ वटा बेडको तयार भयो र काम पनि अघि बढ्यो ।
बनाउँदै जाँदा पछि बढाउनुपर्छ कि भन्ने सोच आयो र पछाडिको जग्गा थपेपछि करिब साढे ४ हेक्टर जति क्षेत्रफल भएपछि बुटिक पाँचतारे होटलको रुपमा अगाडि बढाइएको हो । विदेशी ब्रान्डलाई व्यवस्थापनको जिम्मेवारी दिने गरी कुरा भइरहेको छ । तर, कुन ब्रान्ड ल्याउने भन्ने फाइनल भइसकेको छैन ।
पृथक् खालको संरचना बनाउदा अरुसँग प्रतिस्पर्धा पनि हुँदैन । सौराहामा आउन चाहने पर्यटक र ब्रान्ड, स्टार होटलको खोजीमा आउनेहरुका लागि मेरो होटल उपयुक्त हुन्छ भन्ने लाग्छ ।
२०८० मा रिसोर्ट सञ्चालनमा आउने
केटीएम हस्पिटालिटी प्रालिद्वारा निर्माण गरिँदै आएको सो रिसोर्टको अगाडिपट्टि भएको सामुदायिक जंगलमा पाहुनाले सहजै वन्यजन्तु हेर्न सक्ने व्यवस्था मिलाइएको छ । सौराहाको संस्कृति र परम्परा झल्किने रिसोर्टमा पाहुनाका लागि स्वीमिङ पुल, फिटनेस सेन्टर, स्पा, १५० जना क्षमताको सम्मेलन हल, बिजनेस सेन्टरलगायत सुविधा रहने गरी डिजाइन गरिएको छ ।
साढे दुई बिघा क्षेत्रफलमा रिसोर्ट निर्माण भइरहेको छ । रिसोर्टमा ६० वटा लक्जरी कोठा र चारवटा प्राइभेट स्विमिङ पुलसहितको सुइट रुम रहने सो रिसोर्टमा २१ वटा भवन संरचना रहने छ ।
तीमध्ये १४ वटा भवन एक तल्लाका, दुई तल्लाको चारवटा र तीनवटा भवन तीन तल्लाको रहने छ । सुरुमा २५ करोड रुपैयाँको लागत अनुमान गरिए पनि विस्तार गर्दा लागत बढेर ६० करोड पुगिसकेको छ ।
रिसोर्ट प्रवेश गरेलगत्तै रिसेप्सन, बिजनेस लाउन्ज, बार, किचन रहेको छ । प्रमुख भवनको पहिलो तल्लामा रहेको अल डे डाइनिङ रेष्टुरेन्टबाट अगाडिको जंगल दृश्यावलोकन गर्न सकिन्छ । रिसोर्टमा मसाज, स्पा, कार्डियोलगायत सुविधा समावेश हुनेछ ।
रिसोर्टमा हेल्थ क्लब, पाँच सय क्षमताको ब्याङ्क्वेट हल, चारवटा प्राइभेट स्विमिङ पुलसहितको सुइट रुम, कृत्रिम पोखरी पनि रहनेछन । कृत्रिम पोखरीमा फिसिङ र बोटिङ गर्न सकिने छ ।