काठमाडौं । बिहीबार बिहान ११ः४५ बजे संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पर्यटनमन्त्री प्रेमबहादुर आले, सचिव महेश्वर न्यौपाने, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र निगममा क्रियाशिल ट्रेड युनियका पदाधिकारीहरुबीच संयुक्त बैंठक सुरु भयो ।
केही दिनदेखि चुनावी अभियामा आफ्नो जिल्लामा पुगेका मन्त्री आलेले निगमका कार्यकारी अध्यक्षसहित ट्रेड युनियनका पदाधिकारीहरुसँग निगमभित्र उत्पन्न पछिल्लो समस्याको विषयमा छलफलका लागि बैंठक बोलाएका थिए ।
ट्रेड युनियनका पदाधिकारीहरुले यसअघि आफुहरुसँग भएको संम्झौता पूर्णरुपमा कार्यन्वयन नभएको,कार्यकारी अध्यक्षले कर्मचारीहरुलाई त्रसित बनाएको र केहि दिनअघि एक जना कर्मचारी बेहोससमेत भएको भन्दै मन्त्री सामू गुनासो पोखेका थिए । उनीहरुले आफुहरुसँग गरेको सम्झौतालाई पूर्णरुपमा कार्यन्वयनमा लैजानु पर्ने र कर्मचारीमाथि भएको अत्याचारको विषयमा छानविन गरि दोषीलाई कारबाही हुनुपर्ने माग अघि सारेका थिए ।
त्यहि क्रममा मन्त्री आलेले कार्यकारी अध्यक्ष अधिकारीसँग पनि केही प्रश्नहरु गरेका थिए । उनले कर्मचारीहरुको गुनासो बढेको र यसको सम्बन्धमा केके भइरहेको र निगमलाई कसरी अगाडी बढाउदै हुनुहुन्छ भन्ने विषयमा प्रतिप्रश्नसमेत गरेका थिए ।
जब मन्त्रीले अधिकारीलाई प्रश्नहरु तेर्साइरहेका बेला एक्कासी कार्यकारी अध्यक्ष अधिकारीले बाथरुममा जान्छु भन्दै बैंठक स्थलबाट बाहिर निस्किए । केहि समयसम्म पनि बैंठक स्थलमा नआएपछि मन्त्री आले आफैले फोन गरे । जब मन्त्री आलेले फोन गरे त्यो बेला कार्यकारी अध्यक्ष अधिकारीले मोवाइल अफ गरिसकेका थिए ।
बैंठकमा सहभागी एक सहसचिवले दिएका जानकारीअनुसार लामो समयसम्म पनि मन्त्रीले कार्यकारी अध्यक्ष अधिकारीलाई फोन गरेका थिए । तर,उनको फोन निरन्तर अफ भएपछि निगमको केन्द्रिय कार्यालयमा फोन गरे । त्यहाँ पनि अधिकारीका सहयोगीले फोन उठाए पनि अध्यक्षलाई फोन दिनु भन्दा पनि कुनै प्रतिक्रिया नदिई त्यति कै राखेका थिए ।
बैंठक स्थलमा जवाफ दिनुपर्ने ठाउँमा अध्यक्ष अधिकारीनै भागेपछि त्यहाँ सहभागिहरु नै अच्चमित भएका थिए । बैंठकमा सहभागि मध्ये नेपाल वायुसेवा निगम कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरले कार्यकारी अध्यक्ष अधिकारी जिम्मेवारीबाट भागेको प्रतिक्रिया दिए । जानकारी विनै कार्यकारी अध्यक्ष अधिकारीले मोबाइल अफ गरेर हिडेपछि मन्त्री आले र सचिव न्यौपाने आक्रोसित भएको उनको भनाई छ ।
कार्यकारी अध्यक्ष अधिकारीको गतिविधिकै कारण उनको नेतृत्वमा निगम सञ्चालन हुन नसक्ने निष्कर्षमा मन्त्रीज्यू र सचिवज्यू पुगेको उनले बताए । कार्यकारी अध्यक्ष अधिकारीलाई साउदी अरबको रियाद उडानको विषयमा मन्त्री आलेले स्पष्टिकरण सोधेका थिए । त्यहि बेलादेखि मन्त्री र कार्यकारी अध्यक्षबीच केहि खटपट हुँदै आएको थियो । त्यही भएर पनि मन्त्रीबाट अधिकारी पन्छिएर भागेको हुन सक्ने बैंठकमा सहभागि कर्मचारीहरुको भनाई छ ।
यस विषयमा जानकारी लिन खोज्दा अध्यक्ष अधिकारीको मोबाइल अफ भएकाले सम्पर्क हुन सकेन । यसैबीच उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफु कात्तिक ८ गते निगमको कार्यकारी अध्यक्षमा नियुक्ती भएको जानकारी सम्पूर्ण कर्मचारीहरुलाई गराउछु भनेका छन् । जुन स्टाटस अहिले उनले हटाइसकेका छन् ।
पर्यटनमन्त्री सामु अध्यक्षको राजीनामा माग
पर्यटन आलेसमक्ष ध्यानाकर्षण पत्र बुझाउदै निगमका सबै कर्मचारी सम्बद्ध ट्रेड युनियनका संस्थाहरूले कार्यकारी अध्यक्ष अधिकारीको राजीनामा माग गरेका छन् ।
संयुक्त रुपमा १५ बुँदे ध्याकर्षणपत्र बुझाउदै यथास्थीतिमा अधिकारीले निगम सञ्चालन गर्न नसक्ने भन्दै राजीनामा माग गरेका हुन् । कर्मचारीहरूले निगमका पैसा हुँदासमेत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा किस्तासमेत नबुझाएको आरोप लगाएका छन।
युनियनहरूले चिनियाँ जहाज सञ्चालनसहित गन्तव्य विस्तारलगायत कुनै पनि विषयमा समस्या समाधान नगरेको तर कर्मचारीहरूलाई धम्की दिएको भन्दै कार्यकारी अध्यक्ष अधिकारीको राजीनामासमेत माग गरेका छन ।
निगमको घटना छानविनका लागि समिति
निगम भित्र पछिल्लो समय भएका केहि असन्तुष्ट र कर्मचारीमाथि भएको दमनको विषयमा अध्ययन गर्न पर्यटनमन्त्री आलेले सहसचिव डा.टोकराज पाण्डेको संयोजकत्वमा छानविन समिति बनाएको छ । सो समितिले केहि दिनअघि कार्यकारी अध्यक्ष अधिकारीले एक कर्मचारीहरुलाई कार्यकक्ष भित्रै थुनेर हत्तोतसाही बनाउदा बेहोस भएको विषयमासमेत अध्ययन गरि मन्त्री आलेलाई रिपोर्ट बुझाउनु पर्ने छ ।
पर्यटनमन्त्री र अध्यक्षबीचको ‘ट्युनिङले’ वायुसेवा निगमले उचाइ पाउला कि दुर्घटना निम्त्याउला ?
कर्मचारी रिझाएर अध्यक्ष बनेका युवराजको कार्यकक्षमा ताला लगाउने अवस्था किन आयो ?