काठमाडाैं । एनआईसी एसिया बैंक र ग्यालेक्सी स्पेसियालिटी क्लिनिक एवं प्याथल्याब एन्ड डायग्नोस्टिक सेन्टरबीच छुट उपलब्ध गराउने गरी सम्झौता भएको छ ।
ग्राहकहरूलाई महाराजगन्जस्थित महाराजगन्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा विभिन्न रोगसम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं प्याथ्ल्याब एण्ड डाइग्नोस्टिक सेन्टरमा ल्याब टेष्ट गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने गरी सम्झौता भएको हो ।
साे समझदारीपत्रमा बैंकको तर्फबाट बैंकका लाइफ स्टाइल युनिभर्स प्रमुख विमल लम्साल तथा क्लिनिक एवं सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरे ।
साे समझदारी अनुसार बैंकका ग्राहकहरुले सेवा लिएवापत डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने व्यवस्था गरिएको हाे ।
बैंकका ग्राहकहरूले क्लिनिकबाट रक्तअल्पता, फोक्सो एवं श्वास-प्रश्वास, उच्च रक्तचाप, दम, बाथ, मुटुलगायतमा विशेषज्ञ सेवाहरू तथा सेन्टरबाट हेमाटोलोजी, माइक्रोबायोलोजी, हिस्टोप्याथोलोजी, इम्युनो अस्से, साइटोप्याथोलोजी, एफएनएसी, अटो इम्युन प्यानल, फ्लो साइटोमेट्री, किड्नी स्टोन एनलाइसिस, परीक्षणहरू गर्न सक्ने व्यवस्था छ।
बैंकले हाल ३ सय ५९ शाखा कार्यालय, ४ सय ७३ एटीएम, १ सय २ वटा विस्तारित काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दैछ।