काठमाडाैं । चाैधरी ग्रुपले विश्वप्रसिद्ध इलेक्ट्राेनिक्स ब्रान्ड माइडिया नेपाली बजारमा ल्याएकाे छ ।
ग्रुपका अनुसार कम्पनीले माइडिया ब्रान्डका नयाँ उत्पादनहरूमार्फत प्रतिस्पर्धात्मक वातावरणा सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न सहयोग गर्नेछ ।
दुई पक्षबीचको सहयकार्य स्थानीय बजारका साथै नेपाली इलेक्ट्रोनिक्स क्षेत्रको विकासमा सहयाेग पुग्ने कम्पनीको विश्वास छ ।
ग्रुपका अनुसार माइडिया ब्रान्डका साना घरेलु उपकरणहरू, एयर प्युरिफायर, एयर फ्रायर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन हब, राइस कुकर, गार्मेन्ट स्टिमर, स्ट्यान्ड फ्यानलगायत नेपाली बजारमा बिक्री गर्दै आइरहेको छ ।
कम्पनीले छिटै किचन एप्लायन्सेस, बार्किक्यू, फ्री स्ट्यान्डिङ ओभन, माइक्रोवेभ ओभन, वासिङ मेसिन, वास ड्रायर र रेफ्रिजेरेसनसँगै माइडियाका थुप्रै उत्पादन ल्याउने तयारीमा छ ।
‘नेपाली उपभोक्तालाई उन्नत प्रविधि, उच्च गु्णस्तरका उत्पादन र सेवा प्रदान गर्न हामी सँग्सँगै उभिन पाउँदा खुसी छौं’, माइडियाका दक्षिण एसिया व्यापार कार्यलक प्रमुख एको झाङले भने ।
माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट, रेफ्रिजेरेसन, वासिङ मेसिन, लार्ज किचन र खाना पकाउने उपकरण आदिमा विविधता प्रदान गर्दै आइरहेको छ ।
नेपालमा सन् २०२१ देखि चौधरी ग्रुपले माइडिया ब्रान्डका उत्पादनहरु आफ्ना आउटलेटमार्फत देशभर बिक्री वितरण गर्दै आइरहेको छ ।