काठमाडौं । सहमति नजुटेपछि नेपाल मलेसिया सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक लम्बिएको छ । मंगलबार र बुधबार दुई दिन भएको बैठकमा सहमति नजुटेपछि थप छलफल गर्न भन्दै बिहीबारसम्मका लागि बैठक लम्बिएको हो ।
मलेशियामा रोजगारी सुचारु गर्न शुक्रबारको बैठकले निश्कर्ष निकाल्ने बताइएको छ । नेपाली पक्षको नेतृत्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बुधबार र बिहीबारको बैठकमा दुवै पक्षले आआफ्नो धारणा मात्र राखेको बताए ।
उनले बिहीबार निष्कर्ष आउने अनुमान गरिए पनि केही विषयमा कुरा नमिलेकाले थप छलफलका लागि बिहीबारसम्म बैठक लम्बिएको उनले जानकारी दिए ।
संयुक्त बैठकमा स्वास्थ्य परीक्षण, सुरक्षा गार्ड र घरेलु कामदारको विषयमा छलफल भए पनि मुख्य एजेन्डा भने स्वास्थ्य परीक्षण गर्ने संस्थाको अनुमति नै रहेको छ । स्वास्थ्य परीक्षणमा नेपालले छनोट गरेका १२२ स्वास्थ्य संस्था मध्येकै ३६ वटा संस्थाले स्वास्थ्य परीक्षण गर्ने अडान मलेशियाकाे छ ।
नेपालले छनौट भएका मध्ये केही स्वास्थ्य संस्था थप गर्नुपर्ने प्रस्ताव गरेको थियो । मलेशियाले तत्काल नथपी चेकजाँच गरेर यसलाई आवश्यकताअनुसार क्रमश बढाउदै जाने अडान लिएपछि वार्तामा सहमति नभएको हो ।
जुन संस्थाहरु बायोमेडिकल र एफडब्लुसिएमयस सफ्टवयरसँग जोडिएका छन । नयाँ संस्थाहरुको हकमा यी सबै प्रक्रियाहरु पुरा गर्न केही समय लाग्ने भएकाले हाललाई ३६ वटा मार्फत स्वास्थ्य परीक्षण गराउँदै लैजाने विषयमा मलेशियाको अडान छ ।
श्रम स्वीकृति रोक्नुअघि ३६ वटा स्वास्थ्य संस्थाले रोजगारीका लागि मलेसिया जाने कामदारको मेडिकल गर्दै आएका थिए । मन्त्रालयले ती संस्थाविरुद्ध कामदारबाट बढी पैसा लिएको आरोप लगाउँदै मुद्दा दायर गरेपनि मलेसियाले तीनै मेडिकलबाट नै कामदारको स्वास्थ्य परीक्षण गर्ने बताईसकेको छ ।
मलेशियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले स्वास्थ्य संस्थाको विवाद लगभग टुङिएकाले वार्ता सफल भइ रोजगारी खुल्ने संभावना रहेको बताएका थिए । उनले रोजगारी खुल्नुको विकल्प नभएको उनले बताएका थिए ।