कलाकारिता, व्यवसाय अनी समाजिक सेवाको बाटो हुँदै म यतिखेर खुला राजनीतिक मुलधारमा प्रवेश गरेकी छु । विद्यार्थी जीवनदेखिनै महामानव विश्वेश्वरप्रसाद कोईरालाको बारेमा पढ्दै र सुन्दै आईरहेकी मैले अन्ततः उनै महामानवको विचारधारामा आफुलाई समाहित गर्दै नेपाली कांग्रेससँग आफ्नो आवद्दता जनाएकी छु ।
मैले लिएको यो राजनीतिक निर्णयप्रति विभिन्न कृया र प्रतिकृयाहरु अवश्य नै प्राप्त हुनेछन् । यसरी प्राप्त हुने सकारात्मक र नकारात्मक दुबै किसिमका प्रतिकृयाहरुलाई म सुझावको रुपमा ग्रहण गर्दै मेरो राजनैतीक यात्रालाई अगाडि बढाउने प्रण गर्दछु।
एउटा कलाकारले कुनै एक पार्टीको ब्यानर भित्र समाहित हुनुहुन्न भन्ने सोच ब्याप्त छ । कलाकारले कलाकारितानै गर्नुपर्छ राजनीति गर्नुहुन्न भन्ने धारणाको प्रतिवाद स्वरुप मैले नेपाली कांग्रेसको राजननीतिक सिद्दान्तमा आफुलाई समाहित गराएकी छु । यो निर्णय लिनु भन्दा अगाडि मैले धेरै पटक स्वःसंवाद, स्वःविश्लेषण र स्वःविचार गरेकी छु ।
मेरो अन्तरमनको कुनामा लुकेको सामाजिक विकास, परिवर्तन र रुपान्तरणको चाहनाले मलाई राजनीतिको प्रभावबाट कुनै व्यक्ति टाढा हुन सक्दैन भन्ने भाव उत्पन्न गरायो । हामीले राजनीतिबाट जतिनै टाढा रहन खोजे पनि हाम्रो हरेक दैनिकिमा राजनीतिको प्रभाव रहेको हुन्छनै ।
त्यो प्रभावलाई हामी कदापी नकार्न सक्दैनौ । अतःराजनीतिको यो अक्षुण प्रभावलाई आत्मसाथ गर्दै मैले आफ्नो पाइला अगाडि बढाएकी हुँ । मेरो यो पाइलामा आम परिवर्तनकारी, विकासप्रेमी तथा वुद्दिजिवी वर्गको साथ सल्लाह र सुझाव पाउने आशा बोकेकी छु ।
एउटा कलाकारले कुनै एक पार्टीको ब्यानर भित्र समाहित हुनुहुन्न भन्ने सोच ब्याप्त छ । कलाकारले कलाकारितानै गर्नुपर्छ राजनीति गर्नुहुन्न भन्ने धारणाको प्रतिवाद स्वरुप मैले नेपाली कांग्रेसको राजननीतिक सिद्दान्तमा आफुलाई समाहित गराएकी छु । यो निर्णय लिनु भन्दा अगाडि मैले धेरै पटक स्वःसंवाद, स्वःविश्लेषण र स्वःविचार गरेकी छु ।
राजनीति विशुद्ध सामाजिक सेवाको क्षेत्र हो नकी व्यवसायिक पेशा । राजनीतिलाई कमाई गरी खाने माध्यमको रुपमा प्रयोग गरी अकुत सम्पत्तिको आर्जनमा लिप्त हुने भ्रष्ट राजनीतिज्ञहरुलाई विस्थापित गराउनको निमित्त अब हामी आफु पनि अग्रसर हुनु पर्ने आवश्यकता महशुस गरेकी छु ।
सँधै राजनीतिलाई फोहोरी खेलको रुपमा परिभाषित गर्दै नेताहरु प्रति धारे हात लगाउने अनी गालीको वर्षा गर्ने हाम्रो निष्कृष्ठ प्रवृतिलाई त्याग्ने बेला आएको छ । प्रणाली परिवर्तनको लागि सिस्टम निर्माणकै एउटा हिंस्सा हुनु जरुरी छ । यस्का लागि राजनीतिनै एउटा उत्तम माद्यम हो। मैले यही माद्यमलाई आत्मसाथ गरेकी हुँ । यस्को लागि मैले आदरणिय बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको पथमा आफ्नो पाइला अगाडि बढाएकी छु ।
मलाई थाहा छ, कुनै पनि राजनीतिक दलको संस्थागत सिद्दान्त खराब हुँदैन । त्यो सिद्दान्तलाई कार्यान्वयन गर्ने केही नेतृत्वकर्ताको व्यक्तिगत आचरण मात्र खराब हो । एमाले, कांग्रस, माओवादी, राप्रपालगायत सबै दलका संस्थागत सिद्दान्तहरु राम्रा छन् । सबै दलले विकास, सम्वृद्धि र परिवर्तनको एजेण्डा उठाएका छन ।
तर, ती एजेण्डाहरु कार्यान्वयन तहमा असफल भएका मात्र हुन्। यही असफलताका कारण उधोग, व्यवसाय, कलाकारिता, कृषि तथा पर्यटन लगायतका सबै क्षेत्रहरु प्रभावित भएका छन् । हाम्रो दैनिक व्यक्तिगत जीवनमा पनि यस्को प्रत्यक्ष नकारात्मक प्रभाव परिरहेको छ ।
अतः केही सीमित व्यक्तिगत स्वार्थका कारण असफल भएका ती एजेण्डाहरुलाई सफल बनाउनको निमित्त हामी सबैको सकृयताको खाँचो छ । पोखरी फोहर भयो भनेर पोखरीको लेउलाई गाली गर्नु भन्दा त्यो लेउ हटाउन आँफैले पोखरी भित्र छिर्ने हिम्मत गर्नुपर्छ । अतः सबै पार्टीमा धेरथोर लेउ लागेको छ त्यस्को सरसफाइको लागि हाम्रो सकृयता खाँचो छ ।
मैले आफ्नो राजनीतिक सकृयताको लागि भने नेपाली कांग्रेसलाई चुनेकी छु । मेरो पारिवारिक पृष्ठभुमीले पनि मलाई नेपाली कांग्रेसको सिद्दान्तलाई अंगाल्न सहयोग पुगेको हो । नेपालको राजनैतिक परिवर्तनमा अहम भूमिका खेल्ने नेपाली कांग्रस जस्तो विशाल पार्टीमा मलाई स्थान दिने आदरणीय पार्टी सभापती तथा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।
साथै मेरो व्यवसायिक, सामाजिक तथा राजनीतिक यात्राको लागि मलाई सधै हिम्मत, हौसला र ऊर्जा प्रदान गर्ने मेरो परिवार गण, मेरा अग्रज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरु प्रति म हार्दिक नमन गर्दछु । विगतका दिनमा मैले यो पार्टीको लागि व्यक्तिगत रुपमा त्यस्तो ठुलो योगदान दिन सकेकी छैन ।
सँधै राजनीतिलाई फोहोरी खेलको रुपमा परिभाषित गर्दै नेताहरु प्रति धारे हात लगाउने अनी गालीको वर्षा गर्ने हाम्रो निष्कृष्ठ प्रवृतिलाई त्याग्ने बेला आएको छ । प्रणाली परिवर्तनको लागि सिस्टम निर्माणकै एउटा हिंस्सा हुनु जरुरी छ । यस्का लागि राजनीतिनै एउटा उत्तम माद्यम हो। मैले यही माद्यमलाई आत्मसाथ गरेकी हुँ । यस्को लागि मैले आदरणिय बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको पथमा आफ्नो पाइला अगाडि बढाएकी छु ।
आगामी दिनमा भने म मेरो मन वचन र कर्मले भ्याएसम्मको योगदान दिने प्रयास गर्नेछु । कांग्रेसको नीति, सिद्दान्त र यस्को मूल्य मान्यतालाई आत्मसाथ गर्दै कुनै व्यक्तिगत स्वार्थहरु नराखी स्वच्छ रुपमा सामाजिक विकास र विशुद्ध सेवाको भाव बोकेर आफुलाई एउटा असल कार्यकर्ताको रुपमा चिनाउने प्रयासमा कुनै कमी हुने छैन ।
साथै, म एउटा कलाकार र व्यवसायी पनि भएको नाताले यस दलभित्र रहेर तमाम व्यवसायी र कलाकर्मीहरुको हक र हितको निमित्त आफ्नो आवाज बुलंद गर्नेछु । सामाजिक सेवाको पाटोलाई अझ शसक्त रुपमा अगाडि बढाउनको निमित्त कांग्रसँगको आवद्दताले मलाई थप मार्ग प्रसस्त गराउनेमा विश्वस्त छु ।
अन्तमाः हरेक व्यक्तिलाई आ–आफ्नो राजनैतिक स्वतन्त्रता छ । मेरो वैचारिक सिद्दान्तसँग मेल खाने राजनीतिक दलसँगको निकटता, आवद्दता वा सहकार्य पश्चत पनि फरक विचार राख्ने कुनै व्यक्ति वा दलप्रति मेरो कुनै पुर्वाग्रह रहने छैन। जो जहाँ रहे पनि, जो जता गए पनि, देश र जनताको निमित्त निस्वार्थ भावले काम गर्न सकौं ।
(नायिका खड्का व्यवसायमा पनि आबद्ध छिन् ।)