काठमाडौं । आईएमएस ग्रुपले आफ्नो ३० औं वार्षिकोत्सव भव्यतापूर्वक मनाएको छ ।
सन् १९९३ अप्रिलमा स्थापना भएको ग्रुप सामसङ स्मार्टफोन र कोरियाली लक्जरी ब्रान्ड (साङ्योङ मोटर्स) को राष्ट्रिय वितरक हो ।
साथै फिनटेक, ई–कमर्स, बेबी केयर, कृषि, आतिथ्य, बैंकिङ र बिमा, शिक्षा, घरजग्गाजस्ता उद्योगहरूमा यसको संलग्नता छ।
सोल्टी होटलमा आयोजित समारोहमा ग्रुपका अध्यक्ष दीपक मल्होत्रा, कम्पनी निर्देशक विमल सावर्थिया, आईएमएस समूहका अध्यक्ष र सीईओ दिकेश मल्होत्रालगायत नेपालभरका कर्मचारीहरू उपस्थित थिए ।
समारोहमा विभिन्न ट्यालेन्ट सो र क्विजलगायत विविध गतिविधि सञ्चालन भएका थिए । यस्तै वर्षका उत्कृष्ट कर्मचारीलाई अवार्ड वितरण पनि गरिएको थियो।
‘यो हाम्रो विगत ३ दशकको स्मरणीय यात्राको उत्सव हो । हामी यहाँसम्म आइपुग्नुमा हाम्रा प्रत्येक सदस्यहरुको उत्तिकै योगदान छ’, अध्यक्ष मल्होत्राले भने, ‘सम्पूर्ण परिवारलाई उनीहरूको निरन्तर प्रयास, कडा परिश्रम, समर्पण र समर्थनका लागि धन्यवाद दिन चाहन्छु।’