यति बेला पाकिस्तान आर्थिक संकबाट गुज्रिरहेको छ ।
श्रीलंकाकै स्थितिमा पुगेको पाकिस्तानको ऋण दायित्व ५०५ खर्ब बढी नाघिसकेको छ । यस्तै कर्जा डिफल्ट स्वाप पनि ९ वर्षयताकै उच्च छ ।
केही समयअघि पूर्वप्रधानमन्त्री इमरान खानले देश चलाउन पैसा नभएको र ऋण पनि बढिरहेको बताएका थिए ।
सोही क्रममा खानको प्रस्तावमा राष्ट्रपति अरिफ अल्भीद्वारा संसद् विघटन भएको थियो । तर, त्यहाँको सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरेसँगै खान पदमुक्त बनेका थिए ।
संकटको खालडमा भासिइरहेको पाकिस्तानलाई साउदी अरबले करिब ८ अर्ब डलर सहयोग गर्ने भएको छ ।
यो सहयोगले पाकिस्तानको घट्दो विदेशी मुद्रा सञ्चिति र संकटग्रस्त अर्थतन्त्रलाई उठाउन सहयोग पुग्नेछ ।
उच्च मुस्द्रास्फीतिदर, घट्दो विदेशी मुद्रा सञ्चिति, चालू खाताघाटा र मुद्रा अवमूल्यनजस्ता कारणले पाकिस्तान आर्थिक चुनौतीले घेरिएको छ ।
द न्युजका अनुसार पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ साउदी यात्रामा थिए । सोही बेला यो सम्झौता भएको हो ।
सम्झौतामा तेलका लागि आर्थिक सहयोग, एडिसनल डिपाेजिट तथा ४.२ अर्ब डलरको सहयोग दिने उल्लेख छ ।