काठमाडाैं । काठमाडौंको मुख्य सडक हुन या गल्ली हुन, फोहोर थुप्रिएको दृश्य हाम्रो लागि कुनै नौलो दृश्य होइन । यो फोहोर व्यवस्थापनका लागि सरकारले पर्याप्त प्रयास नगरेकोमा सरकारलाई दोष दिन पनि हामी पछि हटेका छैनौं ।
तर, आफ्नो देशको लागि आफैंले केही गर्नुपर्छ भन्ने उद्देश्यसहित मैनादेवी फाउन्डेसनले गत शनिबार काठमाडौं ट्रयास कलेक्सन रेस २०२२ सफलतापूर्वक सम्पन्न गरेको छ । सो कार्यमा मैनादेवी फाउन्डेसनसँग कुमारी जबले करियर पार्ट्नरका रूपमा हातेमालो गरेको थियो ।
चार सयभन्दा बढी युवाको उत्साहजनक उपस्थिति रहेको उक्त रेस हात्तीसार चोकबाट सुुरु भएर सिटी सेन्टर, रातोपुल, सेतोपुल, पुतलीसडक हुँदै पुनः हात्तीसार पुगेर समापन भएको थियोे । दौड्दै सबैभन्दा धेरै फोहोर संकलन गर्न सफल प्रत्येक ५ वटा टिमलाई नगद १० हजार रुपैयाँ पुरस्कार र पदक प्रदान गरिएको थियो ।
दौडमा टिम कफीबाट रामचन्द्र कुमाल र विवेक पोख्रेल, टिम इम्पेरियल बोइजबाट लक्ष्मण गिरी र विश्वामित्र थारु, टिम खवटबाट प्रेमप्रकाश खड्का र जश्विन भाट, टिम पिसफुल डोभबाट सविन राई र निमा रुम्बा तथा टिम द रेभुल्युसनबाट बिनोद जेठारा र शंकर रोकाया विजयी भएका थिए ।
यसको साथै कुमारी जबले अन्य मनोरन्जात्मक कार्यक्रमहरु पनि गरेको थियो जसको विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको कुमारी जबले जनाएको छ । विजेताहरुको घोषणा कुमारी जबको आधिकारिक फेसबुक पेज र इन्स्टाग्राममार्फत केही दिन पछि गरिनेछ ।
दौडमा सहभागि युवाहरुलाई सम्बोधन गर्दै कुमारी जबका संस्थापक सन्देश भण्डारीले भने, ‘यस्तो सामाजिक कार्यमा युवाहरुको उत्साहजनक सहभागिता देखेर मलाई एकदमै खुसी लागेको छ । हामी कुमारी जबमार्फत योग्य र क्षमतावान युवाहरुलाई उचित अवसर प्रदान गर्न सदैव तत्पर छौं ।
रोजगारीसम्बन्धी कुनै पनि जिज्ञासा अथवा सहयोगको लागि तपाईंहरुले www.kumarijob.com मा गएर निःशुल्क रुपमा दर्ता गर्न र अटोमेटेड सिभी बनाउन सक्नुहुनेछ ।’