काठमाडौं । निजी लगानीमा रुपन्देहीको बुटबलमा स्थापना भएको महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिज आक्रामक रुपमा दूग्धजन्य उत्पादनको बजारिकरणमा लागेको छ । उद्योगले अहिले रेभा र एमडीआई ब्राण्डको मिल्क ड्रिक्स बजारमा ल्याएको छ ।
२०७५ माघ १० गते स्ट्रलाइज बदाम मिल्क बनाउने उद्धेश्यले २० करोड रुपैयाँको लगानीमा बुटबल उपमहानगरपालिकामा उद्योगको स्थापना भएको हो । उद्योगले एक वर्षदेखि उत्पादन थाले पनि हालै मात्र दूग्धजन्य वस्तुको बजार विस्तारमा लागेको छ ।
उद्योगले दैनिक २ हजार लिटर दूध प्रशोधनका साथै १२ हजार क्यान बदाम मिल्क उत्पादन गर्दछ । अहिले रेवा र एमडीआई ब्राण्डका बदाम मिल्क नेपालभर विभिन्न डिलरहरुर्माफत बिक्री वितरण हुदै आएको छ । उद्योगले शुक्रबारबाट रेभा, एमडीआई ब्राण्डको मिल्क ड्रिक्स बजारमा ल्याएको छ ।
उद्योगले काठमाडौंमा पनि आफ्नो उत्पादनको बिक्री वितरण शुरु गरेको हो । उद्योगले स्वदेशमा नै गुणस्तरीय सामानहरु उत्पादन गरी सर्वसुलभ दरमा आफ्ना उपभोक्ताहरुको माझमा उत्पादन पुर्याउने उद्योगका प्रबन्ध निर्देशक मेघराज भण्डारीले जानकारी दिए ।
उद्योगले नेपालमा उत्पादन हुने टिनको क्यानबाहेक अन्य सामाग्रीहरु स्वदेशी नै प्रयोग गरेको र समग्र साधन स्रोतको परिचालनमा ८० प्रतिशत स्थानीय र २० प्रतिशत आयात गरी दूग्धजन्य वस्तुहरु उत्पादन गरिरहेको सञ्चालक भण्डारीले जानकारी दिए ।
यसबाट विदेशी उत्पादन आयात कम भई देशको व्यापार घाटालाई कम गर्न सहयोग गर्ने उनले बताए । तर क्यानमा लाग्दै आएको भ्याट बढी भएकोले सरकारले यसमा शतप्रतिशत छुट तथा भन्सार महशुल करलाई १ प्रतिशत घटाएर बनाएमा विदेशी उत्पादनसगँ प्रतिस्पर्धा गर्नका लागि सहज हुने उनको धारणा छ ।
रेवा र एमडीआई ब्राण्डका बदाम मिल्कको उत्पादन प्रकृया सर्वप्रथम विभिन्न सहकारी मार्फत गुणस्तर चेकगरी कम्प्युटर माध्यमबाट दुध संकलन गरी संकलित दुधलाई तुरुन्तै ४ डिग्री सेल्सीयस तापक्रममा राखिन्छ र ट्यांकरमार्फत डेरी उद्योगमा डेलिभरी गरिन्छ । उद्योगमा आइसकेपछि गुणस्तर चेकजाँच गरी दूध रिसिभ गरिन्छ । गुणस्तरको मापदण्ड एसिडिटी, पm्याट, एसएनएफ,अल्कोहल जाँच गरिन्छ ।
उद्योगसँग जोडिएका ५ सय किसान परिवारहरुलाई प्रत्येक १५÷१५ दिनमा दुधको भुक्तानी दिने व्यवस्था मिलाइएको छ । उनीहरु सहकारी बचत कार्यक्रममा पनि सहभागी छन् । उनिहरुलाई दूग्ध व्यवसाय राम्रो जीवन गुजाराको माध्यम बनेको छ । दुइवटा उद्योगले मात्र किसानलाई मासिक करिब १ करोड भुक्तानी गर्ने उनले जानकारी दिए ।
गुणस्तर निणन्त्रणका लागि यस उद्योगले आफ्नै माइक्रो ल्याब स्थापना गरेको छ । जसमा कच्चा पदार्थको परीक्षण साथै उत्पादित बदाम मिल्कको गुणस्तर जाँच गरी बिक्रीका लागी बजारमा पठाइन्छ ।
उद्योगले प्रयोग गर्ने बदाम सिधैं म्यालिफर्नियाबाट आयात गरिन्छ र प्रत्येक क्यानमा २ देखि ५ ग्राम राखिन्छ । उद्योगले विश्वप्रख्यात जर्मन प्रविधिबाट बनेको स्वचालित दूग्धप्रशोधन, फिलिङ, स्टेरलाइजेसन मेसिनहरु प्रयोग गर्दै आएको छ ।
मातृ उद्योग पवित्र डेरीले दुग्धजन्य उत्पादनहरु प्याकेट दुध, दही, घिउ, पनिर, मक्खन साथै आईसक्रिम उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आईरहेको छ । उद्योगले शिसाको बोटलमा स्ट्रलाइज फ्ेलेबर मिल्कको समेत उत्पादन गरी बिक्री वितरण गरेको थियो ।
पवित्र डेरी उद्योग २०५२ कात्तिक ११ गते बुटवल ६ मा सञ्चालनमा आएको थियो । हाल यस उद्योगमा सम्पूर्ण दूग्धपदार्थ उत्पादन हँुदै आएको छ । यसको मुख्य उत्पादन पवित्राज ब्राण्डको आइसक्रिम हो । १५ जिल्लामा बजार बिस्तार गरी सकेको यसको अर्को मुख्य उत्पादन पवित्राज शुद्ध डेरी घिउ हो ।
हाल यस कम्पनीको लगानी ५ करोड रुपैयाँ पुगिसकेको छ । उद्योगको वार्षिक कारोबार ८ करोड रुपैयाँ रहेको छ । उद्योगले दैनिक २ हजार लिटर दूधप्रशोधन गरी विभिन्न दूग्धजन्य पदार्थहरु बनाउदै आएको छ । उद्योगको सुद्धोधन गाउपालिकामा आफ्नै दुग्ध संकलन केन्द्र छ । सहकारी प्रणालीबाट २५० कृषक परिवार जोडिएका छन ।
दैनिक १ हजार ५०० लिट दुध संकलन भई रहेको छ । २०५८ सालमा नेपालको पहिलो स्टेरलाइज फेलेभर मिल्क पञ्चामृत ब्रान्डको ग्लास बोटलमा बनाएको थियो । पवित्रा डेरीको लगानीमा २०६२ सालमा बुटवलमा बेलभरियामा १०० वटा होलस्टेन गाई पाल्ने उद्धेश्यले २ विगाहा जग्गाखरिद गरी २ करोड रुपैयाँको लागतमा डेरी फार्म स्थापना गरिएको थियो । जुन स्थानमा अहिले महावलेश्वर डेरी स्थापना गरिएको छ ।