काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडानका क्रममा भैरहवामा जहाज अवतरण गरी पार्किङ्ग स्थलतर्फ मोड्ने क्रममा भुलेपछि केही समय जहाज रनवेमै हाेल्ड भएकाे थियाे ।
यस्तै भैरहवाबाट काठमाडाैं फर्किने क्रममा पनि जहाज आकाशमै हाेल्ड भयाे ।
प्रशिक्षक पाइलट श्रवण रिजालको समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे क्रममा शंकास्पद वस्तु भेटिएकाे जानकारी दिँदै रनवे क्लियर नुहँदासम्म हाेल्ड हुनुपर्ने अनाउन्समेन्ट गरे ।
पाइलट उक्त वस्तुबारे टावरलाई जानकारी गराएपछि विमानस्थलका कर्मचारीहरुले चेकजाँच गरि क्लियर गराएका थिए । तर, उल्लेख गरिएकाे वस्तु के थियाे भन्नेबारे प्राधिकरणले जानकारी गराएन ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले,नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारी सहितका उच्च सरकारी कर्मचारी,व्यवसायी र सञ्चारकर्मीहरुसहितको समूह लिएर आएको सो जहाज होल्ड भएकाे थियाे र, २० मिनेटपछि होल्ड गरेपछि बल्ल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएकाे हाे ।
भैरहवाबाटै ढिला गरी उडेको सो जहाज राति १०ः३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
परीक्षण उडानमा प्रशिक्षक पाइलट श्रवण रिजाल, पाइलट सुधीर तमोर र रमण घिमिरेलगायत सहभागी थिए ।