काठमाडौं । बुधबार सामान्य अंकले बढेको बजार बिहीबार दोहोरो अंकले घटेको छ । बिहीबार १९.९७ अंकले बजार बढेर २३५६.२० बिन्दूमा झरेको छ । कारोबार रकममा भने बुधबारको तुलनामा बिहीबार बढेको छ । बुधबार १ अर्ब ७ करोड कारोबार भएकोमा बिहीबार १ अर्ब ४७ करोड रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को साइटमा देखिएको छ ।
नेप्से २३८० विन्दुमा खुलेर कारोबारको पहिलो २ घण्टा उकालो चडेर पुनः निरन्तर तलतिर आएर २३ सय ५६ विन्दुमा अडिएको छ । लामो समयदेखि करेक्सनमा रहेको बजारमा सेयर मूल्यसमेत निकै सस्तो भइसकेको छ । मूल्य निकै तल्लो बिन्दुमा आए पनि अपेक्षाअनुसार खरिदकर्ता आकर्षित हुन सकेका छैनन् । बैंकमा सहज तरलता उपलब्ध नभएकाले सेयर बजारमा आकर्षण बढ्न नसकेको अनुमान गरिएको छ ।
यस दिन ४४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ कम्पनीको मूल्य घटेको छ । १४ कम्पनीको मूल्य स्थिर छ ।
सर्वाधिक सेयरमूल्य उचालिएका कम्पनी
सामान्य अंकले बढेको बजारमा नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य सर्वाधिक अंकले बढेको छ । यस दिन कम्पनीको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको हो । यस दिन लघसवित्तको शेयरमूल्य १०३ रुपैयाँले बढेर प्रतिकित्ता सेयर मूल्य ११ सय ४२ रुपैयाँ पुगेको छ ।
त्यस्तै, राधि विद्युत कम्पनीको सेयरमूल्य ४ दशमलव १७ प्रतिशतले बढेको छ । राधि विद्युत् कम्पनीको सेयर मूल्य २३ रुपैयाँले बढेर प्रतिकित्ता सेयरमूल्य ५७५ रुपैयाँ पुगेको छ । त्यस्तै माउन्टे इनर्जी नेपाल र मानुषि लघुवित्तको सेयर मूल्य सामान्य दरले बढेको छ ।
सेयर मूल्यमा उच्च गिरावट आएका कम्पनी
यस दिन कारोबारमा आएका २२६ कम्पनीमध्ये गुवेश्वरी मर्चेन्ट बैंकिङको सेयर मूल्य सर्वाधिक करिब ४ प्रतिशतले घटेको छ । साथै, गणपति माइक्रोफाइनान्सको ३ दशमलव ८३ प्रतिशत, महुली लघुवित्तको सेयर मूल्य ३ दशमलव ७३ प्रतिशतले घटेको छ ।
सर्वाधिक सेयर खरिद बिक्री भएका कम्पनी
यस दिन आईजीआई इन्स्योरेन्सको सर्वाधिक सेयर खरिद बिक्री भएको छ । कम्पनीको ५ करोड २५ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको ५ करोड ३ लाख र एनसीसी बैंकको ४ करोड ९७ लाख बराबरको सेयर खरिद बिक्री भएको छ ।