काठमाडौं । निर्जीवन बिमा कम्पनीले चालू आवको चैत मसान्तसम्ममा करिब २९ अर्ब रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका निर्जीवन बिमा कम्पनीले चैत मसान्तसम्ममा २८ अर्ब ७० करोड ११ लाख बिमा शुल्क आर्जन गरेका छन् ।
चैत (एक महिना)मा भने निर्जीवन कम्पनीले ३ अर्ब ४० करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन । बिमा समितिको तथ्याङअनुसार चैत महिनासम्म निर्जीवन बिमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बिमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ३ अर्ब ७१ करोड १५ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।
दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा २ अर्ब ४२ करोड ९२ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, नेको इन्स्योरेन्स २ अर्ब २३ करोड ९२ लाख, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ९४ करोड ५ लाख, एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ७७ करोड १८ लाख, प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब ६४ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
राष्ट्रिय बिमा कम्पनीले १ अर्ब ४२ करोड ९६ लाख आइएमई जनरल इन्स्योरेन्स कम्पनीले १ अर्ब २७ करोड ४१ लाख, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ, अजोड इन्स्योरेन्स कम्पनीले १ अर्ब २२ करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।
युनाइटेड इन्स्योरेन्स कम्पनीले १ अर्ब २१ करोड, नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब १८ करोड, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १ अर्ब १७ करोड, प्रभु इन्स्योरेन्स कम्पनीले १ अर्ब १० करोड ६३ लाख रुपैयाँ, ओरिएण्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ३ करोड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले १ अर्बमाथि कुल बिमा शुल्क आर्जन गरेका छ ।