काठमाडौं । जीवन बिमा कम्पनीले चैतसम्म १ खर्ब बढी बिमा शुल्क आर्जन गरेका छन् ।
सञ्चालनमा रहेका १९ जीवन बिमा कम्पनीले चालु आवको चैत मसान्तसम्म १ खर्ब २ अर्ब ४२ करोड ८९ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् ।
कम्पनीले चैत (एक महिना) मा मात्र २ अर्ब ८९ करोड प्रथम बिमा शुल्क आर्जन गरेका छन् ।
चैत मसान्तसम्ममा सबैभन्दा धेरै शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चालु आवको ९ महिना अर्थात् चैतसम्ममा २६ अर्ब ३७ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ ।
यस्तै एलआईसी नेपालले १२ अर्ब ४५ करोड ६३ लाख, नेसनल लाइफले १० अर्ब १३ करोड ४४ लाख, राष्ट्रिय बिमा संस्थानले ६ अर्ब ९८ करोड ४१ लाख र यूनियन लाइफले ६ अर्ब १५ करोड ४६ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् ।
यसैगरी एसियन लाइफले ५ अर्ब १३ करोड ३० लाख, मेट लाइफले ४ अर्ब ३ करोड ४० लाख, सिटिजन लाइफले ३ अर्ब ५० करोड ५२ लाख, प्राइम लाइफले ३ अर्ब ८९ करोड ४४ लाख, सूर्या लाइफले ३ अर्ब ६३ करोड ६९ लाख, सन नेपाल लाइफले ३ अर्ब ३ करोड ८३ लाख, रिलायबल नेपाल लाइफले २ अर्ब ९९ करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन् ।
त्यस्तै, ज्योति लाइफले २ अर्ब ६३ करोड ११ लाख, आईएमई लाइफले २ अर्ब ३८ करोड ८६ लाख, गुराँस लाइफले २ अर्ब ३३ करोड ३३ लाख, रिलायन्स लाइफले २ अर्ब ४ करोड ८३ लाख, सानिमा लाइफले १ अर्ब ७३ करोड २३ लाख, प्रभु लाइफले १ अर्ब ४७ करोड ९२ लाख र महालक्ष्मी लाइफले १ अर्ब ८ करोड १४ लाख रुपैयाँ कुल बिमा शूल्क गरेका हुन् ।