काठमाडौं । नबिल बैंकले दिगाे बैंकअन्तर्गत बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रम गरेको छ ।
नेपाल कृषिप्रधान देश भनी चिनिएकाे र यसमै आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै बैंक सञ्चालक समिति सदस्य आशा राणा अधिकारीले बैंकले कृषि तथा महिला उद्यमशीलतालाई मध्यनजर गर्दै सबैलाई समेट्ने गरी अघि बढ्न खाेजेकाे बताइन् ।
यस्तै बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरताका विषयमा नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझाले प्रकाश पारे ।
कार्यक्रममा गण्डकी प्रदेशअन्तर्गत प्रदेश सरकार, भूमी व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि बिकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, बागलुङ र नबिल बैंकबीच पारस्परिक साझेदारीमा वित्तीय साक्षरता, वित्तीय पहुँच र उद्यमशीलता विकास गर्न सहकार्य गरी कृषिजन्य बाली-वस्तु उत्पादन तथा प्रवर्धन, कृषिबजार विकाससहित व्यावसायिक कृषि उत्पादनको वृद्धि गरी रोजगारी सिर्जना गर्न सहयोग गर्न सम्झौता भएको छ ।
सम्झौतापत्रमा नबिल बैंकको तर्फबाट गण्डकी प्रदेशका प्रमुख सूर्यबहादुर रोका र कृषि ज्ञानकेन्द्र, बागलुङका तर्फबाट कार्यालय प्रमुख भानुभक्त भट्टराईले हस्ताक्षर गरेका हुन् ।
नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुआत गरेको हो ।