काठमाडौं । अमेरिकी ब्रान्ड टोमी हिलफिगर नेपाल भित्रिएको छ । कपडाहरुका लागि राम्रो ब्रान्ड मानिएको टोमी हिलफिगर नेपाल भित्रिएको हो ।
नेपालका विभिन्न स्थानमा कपडाको व्यापार गर्दै आएको आरपी ग्रुपले यो ब्रान्ड नेपाल भित्र्याएको हो । शुक्रबारदेखि ललितपुरको लबिम मलमा यस ब्रान्डका कपडाहरु राखिएको छ । बालबालिका, महिला र पुरुषहरुका लागि यो ब्रान्ड प्रसिद्ध मानिन्छ ।
ग्रुपका अनुसार अब यस ब्रान्डका आउटलेटहरु काठमाडौंका विभिन्न स्थानमा खुल्नेछन् । अहिले भने भर्खरै सुरुवात भएकोले लबिम मलमा नै राखिएको छ । आरपी ग्रुपले लुइस फिलिप, डब्लु ओरेलियो, इन्डियन टेरियनलगायतका ब्रान्ड नेपाल भित्र्याएको छ ।
थप केही ब्रान्ड नेपाल भित्र्याउने बारेमा पनि तयारी भइरहेको ग्रुपले जनाएको छ । मल्टी आउटलेट ब्रान्ड अन्तर्गत टोमी हिलफिगर ब्रान्डको आउटलेट ललितपुरको लबिम मलमा सञ्चालनमा आएको छ। बालबालिका, महिला र पुरुषहरूका लागि टोमी हिलफिगर प्रसिद्ध छ।
अन्तर्राष्ट्रिय ब्रान्डका पारखीहरूलाई मध्यनजर गरेर टोमी हिलफिगरको आउटलेट सञ्चालनमा ल्याइएको आउटलेट म्यानेजर राम केसीले बताए।
आरपी ग्रुपले नेपालमा अर्को प्रसिद्ध ब्रान्ड 'सेलियो' पनि भित्र्याउँदै छ। त्यसका लागि ग्रुपले दरबारमार्गमा आउटलेट बनाइरहेको छ।
यसले नेपालमा लुइस फिलिप, इन्डियन टेरियन, डब्लु ओरेलियो, रोसो ब्रुन्सेलो लगायतका अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याएर बिक्री-वितरण गरिरहेको छ।