एजेन्सी । छिमेकी मुलुक भारतमा कच्चा तेलको आयात दोब्बर बढेको छ । एक वर्षमा भारतले १ खर्ब १९ अर्ब २० करोड डलरबराबरको कच्चातेल विदेशबाट आयात गरेको छ । कोरोना महामारीपछि तेलको माग बढेका बेला रुस–युक्रेन युद्धले तेल खरिदमा बढी मूल्य तिर्नुपरेको हो ।
भारत विश्वको तेस्रो बढी तेल खपत गर्ने मुलुक हो । सन् ०२१/०२२ मा उसले १ खर्ब १९ अर्ब २० करोड डलरबराबरको कच्चातेल आयात गरेको छ । यो रकम अघिल्लो वर्षको भन्दा ६२ अर्ब २० करोड डलर बढी भएको त्यहाँको तेल मन्त्रालयअन्तर्गतको पेट्रोलियम प्लानिङ एनालाइसिस सेलले जनाएको छ ।
भारतले विदेशबाट कच्चा तेल आयात गरेर प्रशोधन गर्दै आएको छ । गत मार्चमा मात्र कच्चा तेल आयातमा १३ अर्ब ७० करोड डलर खर्च गरेको छ । अघिल्लो वर्ष प्रतिमहिना औसत ८ अर्ब ४० करोड डलर कच्चा तेल आयातमा खर्च हुने गरेको थियो ।
अहिले कच्चा तेलको भाउ १४ वर्षयताकै सर्वाधिक उच्च भएको छ । कच्चा तेल खरिदको दोब्बर बिलले आर्थिक परिसूचकमा असर पुर्याउने अनुमान गरिएको छ । सन् २०२२ सुरु भएदेखि नै कच्चा तेलको भाउ बढ्न थालेको हो ।
मार्चमा ब्रेन्ट क्रुडको भाउ बढेर प्रतिब्यारेल १४० डलरसम्म पुगेको थियो । अहिले विश्व बजारमा कच्चा तेलको भाउ बढेर ब्यारेलको औसत १०६ डलरमा झरेको छ ।
एनालाइसिस सेलका अनुसार गत वर्ष भारतले २१ करोड २२ लाख टन कच्चा तेल आयात गरेको छ । कच्चा तेलको आयात पनि बढेको सेलले जानकारी दिएको छ ।
अघिल्लो वर्ष १९ करोड ६५ लाख टन कच्चा तेल आयात गरेको थियो । सन् ०१८०१९ मा २२ करोड ७० लाख टन कच्चा तेल आयात भएको थियो । अघिल्लो वर्ष सन् ०१९/०२० मा भारतले १ खर्ब १ अर्ब ४० करोड डलर बराबरको कच्चा तेल आयात गरेको थियो ।
रिफाइनरी उद्योगहरुले कच्चा तेललाई प्रशोधन गरेर पेट्रोल, डिजल, हवाइ इन्धन, खाना पकाउने ग्यास र मट्टितेललगायत अन्य वस्तु उत्पादन गरेर मूल्य अभिवृद्धि (भ्यालुएड) गर्दै आएका छन् ।
कच्चा तेलको आवश्यकता पूरा गर्न आयातमा ८५.५ प्रतिशत निर्भर रहेको भारतसँग अतिरिक्त प्रशोधन क्षमता छ । तर, साउदी अरबजस्ता राष्ट्रहरूबाट आयात हुने खाना पकाउने ग्यास एलपीजीको उत्पादनमा कम छ ।
भारतमा ०२१/०२२ मा २० करोड २७ लाख टन पेट्रोलियम उत्पादन उपभोग भएको छ । जुन अघिल्लो आर्थिक वर्षमा १९ करोड ४३ लाख खपत भएको टन थियो । तर, ०१९/०२० मा महामारीपूर्व २१ करोड ४१ लाख टनको मागको तुलनामा कम छ ।
भारतले पेट्रोलियम पदार्थ नेपालललगायत अन्य केही मुलुकहरुमा निर्यात गर्छ । नेपाललले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट वार्षिक २ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ ।
(द इकोनोमिक टाइम्सको सहयोगमा)