काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले एसिया र प्रशान्त क्षेत्रको अर्थव्यवस्थालाई सुदृढीकरण गर्नेबारे नयाँ रिपोर्ट जारी गरेको छ ।प्रदूषणमा कर लगाउने, लघु उद्यम दर्ताका लागि वातावरण सहज बनाउने, डिजिटल सामग्रीमा प्रभावकारी ढंगले कर लगाउने जस्ता कार्यले एसिया प्यासिफिकको अर्थव्यवस्थालाई दिगो बनाउन सहयोग पुर्याउने एडीबीको रिपोर्टमा उल्लेख छ ।
‘एसिया क्षेत्रले स्वास्थ्य, शिक्षा, पूर्वाधार, जलवायु परिवर्तन र कोभिड महामारीपछिको पुनर्जागरणका लागि सार्वजनिक लगानीको अभाव झेलिरहेको छ’, रिपोर्टमा भनिएको छ, ‘नीतिगत सुधार तथा रणनैतिक कार्यान्वयनले विकासशील एसियाली अर्थतन्त्रमा घरेलु उत्पादनको कुल ४ प्रतिशतसम्म कर संकलन वृद्धि गर्न सक्षम हुन सक्छ ।’
रिपोर्टअनुसार विकासशील एसियाको बढ्दो जनसंख्या विकासका लागि पेन्सर र हेल्थकेयरमा बढीभन्दा बढी खर्च गनुपर्ने आवश्यकता हुन्छ । जबकि यसले बढ्दो सम्पन्नता र सार्वजनिक सेवाको अपेक्षा भने बढाउनेछ ।
जलवायु परिवर्तनको संकटबाट बच्नका लागि क्लिन इनर्जीमा ठूलो लगानी आवश्यकता पर्नेछ । यो लक्ष्य हासिल गर्न एसियाली देशले निजी तथा सार्वजनिक आर्थिक क्रियाकलापलाई पूर्णरुपमा आकर्षित गर्नुपर्ने हुन्छ । यसका लागि सरकारले मूल्य अभिवृद्धि करमा विचार, कर प्रोत्साहनमा सुधार, औपचारिक अर्थतन्त्रमा अधिक उद्यम र वैयक्तिक तथा सम्पत्ति करबारे पनि सरकारले विचार गर्नुपर्ने हुन्छ ।
‘एसिया र प्रशान्त क्षेत्रको अर्थतन्त्रले शिक्षा, स्वास्थ्य, पर्यावरणलगायत बढ्दो आवश्यकतासँग जुध्नुपर्ने हुन्छ’, एडीबीका प्रमुख अर्थशास्त्री अल्बर्ट पार्कले भनाइ छ ।
उनका अनुसार कर संकलनमा सुधार र राजस्व वृद्धिको नीतिगत सुधारले यस क्षेत्रलाई दिगो र समावेशी आर्थिक वृद्धिमा सहयोग पुर्याउँछ । यस्तो नीति विकास र करदातालाई बाधा नपुग्ने गरी गरिनुपर्ने उल्लेख छ ।
व्यवसाय दर्ताका लागि सहज तथा सुलभ दरले औपचारिक अर्थतन्त्रमा कर संकलनलाई बढाउँदै थुप्रै लघु उद्यमहरु ल्याउन सक्छ । दक्षिण–पूर्वी एसियामा सूक्ष्म, लघु र मध्यम खालका व्यवसायको सबै उद्यममा सन् २०२० सम्म ९८ प्रतिशत र घरेलु उत्पादनमा ४१ प्रतिशत योगदान रहेको छ । एसियाली सरकारहरुले बढ्दो डिजिटल प्रविधि सेवालाई प्रयोग गरी कर संकलन गर्न सक्छन् । सन् २००५ को तुलना गर्ने हो भने २०२० सम्म ३ गुणाले बढेर १४ खर्ब डलर पुगेको छ ।
यस्तै प्रत्यक्ष पर्यावरणीय संरणक्ष र सार्वजनिक स्वास्थ्यलाई बढावा दिँदै राजस्व बढाउन सक्छन् । उदाहरणका लागि, कार्बन, मूल्य निर्धारण उपकरण र फोसिल इन्धनले पर्यावरणीय प्रदूषण कम गर्ने सिद्ध भइसकेको छ । साथै अल्कोहल, तमाखु तथा अस्वस्थ खानेकुरा, पेयपदार्थले पनि घरेलु उत्पादनको ०.६ प्रतिशत अतिरिक्त राजस्व वृद्धि गर्न सक्छन् । यसले राम्रो स्वास्थ्य परिणाम र उपचार लागतलाई पनि कम गर्न सक्छ ।