काठमाडाैं । एनएमबी बैंकले प्रदेशस्तरीय ‘कृषि कर्जा योजना’ सुरुवातको घोषणा गरेको छ ।
योजना वैशाख २ देखि असार ३२ सम्म लागू हुनेछ ।
बैंकले प्रदेश १ का लागि पाथीभरा व्यावसायिक कृषि कर्जा, मधेस प्रदेशका लागि मधेस व्यावसायिक कृषि कर्जा, बागमती प्रदेशका लागि स्मार्ट कृषि कर्जा योजना ल्याएको छ ।
यस्तै गण्डकीमा गण्डकी व्यावसायिक कृषि कर्जा, लुम्बिनीमा बुद्धभूमि व्यावसायिक कृषि कर्जा, कर्णालीमा कर्णाली कृषि कर्जा र सुदूरपश्चिम प्रदेशका लागि सुदूरपश्चिम व्यावसायिक कृषि कर्जा योजना ल्याएको बैंकले जनाएको छ ।
यस कर्जा योजनाअन्र्तगत बैंकले स्थानीय कृषि उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले सहज प्रक्रिया, सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा सहुलियत, डेबिट कार्डमा सहुलियत, बिमा तथा क्रेडिट कार्ड सुविधाजस्ता आकर्षण थपेको छ ।
ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यको रूपमा, एनएमबी बैंकले कृषि फाइनान्सिङलाई प्राथमिकता दिँदै आइरहेको छ । दीर्घकालीन रणनीतिक उद्देश्यअनुरूप कृषिलाई केन्द्रमा राखी बैंकले समय समयमा यस्ता योजनाहरु प्रस्तुत गदै आइरहेको बताएको छ ।
एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।
बैंकले हाल देशभरि २०१ शाखा, १३९ एटिएम, ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।