काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटघाट गर्ने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा भाेलि अर्थात् वैशाख ८ मा नेपाल आउन लागेका महानिर्देशक टेड्रोसले राष्ट्रपति भण्डारीसँग भेटघाट गर्नेछन् ।
उनी भाेलि दिउँसाे १२ः२५ बजे नेपाल आइपुग्नेछन् ।
राष्ट्रपति र टेड्राेसबीच वैशाख ९ गते बिहान १०ः३० बजेदेखि १०ः५० बजेसम्म राष्ट्रपति भवन शीलत निवासमा भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।
यस्तै साेही दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहान १० बजेदेखि १०ः२० मिनेटसम्म भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
यस्तै महानिर्देशक डा. टेड्रोसले वैशाख ८ गते राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन् ।
महानिर्देशक टेड्राेस तीन दिने सद्भाव भ्रमणमा नेपाल आउन लागेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले जानकारी दिए ।
भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियानको अवलोकन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन स्वास्थ्यमन्त्री खतिवडाका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए । यस्तै वैशाख ९ गते बिहान ११ बजे पाटन माध्यमिक विद्यालय र हनुमानढोका तथा पाटन दरबार पनि भ्रमण रहनेछन् ।
यस्तै नेपालमा रहँदा उनले मन्त्रालयका उच्च अधिकारीसहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्र संघका प्रतिनिधिसँग पनि छलफल गर्नेछन् ।