काठमाडौं । बूढानीलकण्ठ हात्तीगौंडामा इम्पेरियल वर्ल्ड स्कुलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै स्तरको पठनपाठन सुरु गरेको छ ।
सो इम्पेरियल वर्ल्ड स्कुलमा अत्याधुनिक प्रविधिको प्रयोग गरी कक्षा १ देखि कक्षा १० सम्म पढाइ हुने गरेको छ । विश्वव्यापी रूपमा प्रतिनिधित्व गर्न सक्ने सुसूचित एवं जिम्मेवार नागरिक उत्पादन गर्ने उद्देश्य लिएको इम्पेरियल वर्ल्ड स्कुलले पाठ्यक्रममा मात्र आधारित पठनपाठनको पुरानो शैलीलाई परिष्कृत गर्दै सिकाइका नवीन माध्यमको प्रयोग गरी अध्यापन गराइरहेको विद्यालयकी सञ्चालक जुनिता शाही कार्कीले जानकारी दिइन् ।
इम्पेरियल वर्ल्ड स्कुलले विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग समन्वय गरी नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएको छ ।
“स्कुलले नेपाल सरकारको पाठ्यक्रमलाई तालमेल गर्ने गरी अन्तर्राष्ट्रिय शिक्षण प्रणाली अवलम्बन गरेको छ । ‘आईपीसी’ (इन्टरनेसनल प्राइमरी करिकुलम) र ‘आईएमवाईसी’ (इन्टरनेसनल मिडल इयर्स करिकुलम) गरी दुईवटा पाठ्यक्रम उपलब्ध गराउँछ”, विद्यालयकी सञ्चालक कार्कीले भनिन्, ”हरेक देशमा भएको राष्ट्रिय पाठ्यक्रमसँग फिटिङ गर्ने पाठ्यक्रम भएकाले यो लागू गरेका हौं ।” उनका अनुसार, इम्पेरिकल वर्ल्ड स्कुलले नै आईपीसीलाई पहिलोपटक नेपालमा भित्र्याएको हो ।
विद्यालयले ५ देखि १२ वर्षका बालबच्चाहरुलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन आईपीसीसँग तथा ११ देखि १४ वर्ष सम्मका बालबालिकाहरुको सर्वांगीण विकासका लागि आईएमवाईसीसँग समन्वय गरी अध्यापन गराइरहेको छ ।
उत्कृष्ट शिक्षण वातावरण, भव्य तथा परिष्कृत पूर्वाधार तथा योग्य मानव शक्तिबाट पठनपाठन गराइने यस स्कुलले बालबालिकालाई सैद्धान्तिक शिक्षाका साथसाथै व्यावहारिक शिक्षा पनि प्रदान गरिरहेको छ । जीवनयापनका क्रममा आवश्यक पर्ने कलाको विकासका लागि स्कुलले विभिन्न कार्यक्रमहरु तयार गरेको छ ।
स्कुलले शैक्षिक पाठ्यक्रम मात्र नभई भौतिक पूर्वाधारलाई समेत उत्तिकै महत्व दिएको संचालक कार्कीले बताइन् । इम्पेरियलको भवन संरचना एक तले छ । २२ रोपनी क्षेत्रफलमा फैलिएको स्कुलका सम्पूर्ण भौतिक संरचनाहरु अपाङ्गमैत्री छन । अपाङ्गता भएका विद्यार्थीलाई छुट्टै शौचालयको व्यवस्था पनि छ ।
यसका साथै विद्यार्थीका अन्तरनीहित प्रतिभाको उजागर गर्न इम्पेरियल वर्ल्ड स्कुलले नृत्य कक्षा, विद्यार्थीको खुवाइ प्रवृत्तिलाई थप सुसज्जित बनाउन डाइनिङ एटिक्युट कक्षा पनि सञ्चालन गरेको छ । स्कुलले सम्झिने र बुझ्ने, आइडिया तथा कन्सेप्ट सिर्जना गर्ने मात्र नभई विश्लेषण तथा मूल्यांकन गर्नसक्ने क्षमता विकासमा जोड दिने गरेको कार्कीको भनाइ छ ।
अत्याधुनिक प्रविधिले सम्पन्न यस स्कुलमा कम्प्युटर ल्याव, साइन्स ल्याव, म्याथ ल्याबको राम्रो व्यवस्था छ । यस स्कुलमा १० हजार भन्दा धेरै पुस्तक सङ्ग्रहित पुस्तकालय, पोषणविदद्वारा प्रमाणीकरण गरिएका खाजा खानाको व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।
क्यान्टिन, नर्स, काउन्सिलरको व्यवस्थाले विद्यार्थीको पढाइ मात्रै नभई मानसिक अवस्था र स्वास्थ्यको समेत ख्याल गर्ने गरेको विद्यालय व्यवस्थापन बताउँछ ।
प्राकृतिक कुराहरूबारे पढ्दा प्रत्यक्ष अनुभूति गराउन विद्यालयमा बगैंचा, तरकारीको फार्मजस्ता संरचना तयार गरिँदै छ । विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराउन फुटसल, स्वीमिङ पुल, टेबुल टेनिस लगायतका खेल पूर्वाधारहरु तयार गरिएको भने नृत्य तथा संगीतलाई पनि विशेष महत्त्वका साथ सिकाइने गरिएको छ ।
साथै उक्त स्कुलले यही वैशाख १० गते शनिबार ओपन हाउस सेसन सञ्चालन गर्दैछ ।