काठमाडौं । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । विवरण अनुसार ग्लोबले चैतमा ३ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
त्यसैगरी, दोस्रो एनआईसी एसिया पुगेको छ । एनआईसी एसियाले ३ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको हो । नबिल बैंक तेस्रो स्थानमा छ । नबिलले ३ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ ।
प्रकाशित विवरण अनुसार बैंकहरुले ०.५४ प्रतिशत नाफा कमाएका छन् । सञ्चालनमा रहेका कुल २७ बैंकहरुले चैत मसान्तसम्ममा कुल ५१ अर्ब एक करोड रुपैयाँ खुद नाफा कमाएका हुन । गत चैतमा वाणिज्य बैंकहरुले ५० अर्ब ७४ करोड रुपैयाँ नाफा गरेका थिए ।
औसतमा वाणिज्य बैंकहरुले एक अर्ब ८८ करोड नाफा कमाएको देखिन्छ। चैतसम्ममा ३ वाणिज्य बैंकको खुद नाफा ३ अर्ब रुपैयाँको सिलिङ नाघेको छ। यस्तै, ११ वटा वाणिज्य बैंक औसतभन्दा धेरै नाफा कमाउन सफल छन्।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ बैंकको घटेको हो । गत आर्थिक वर्षको चैतको तुलनामा ३२ प्रतिशत अधिक नाफा घटाउने नेपाल बंगलादेश बैंक पनि छ । यस्तै, बैंक अफ काठमाण्डूले प्रकाशित गरेको तेस्रो त्रैमासको तथ्यांक अनुसार बैंकको नाफामा पनि साढे २५ प्रतिशतको संकुचन देखिन्छ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट, प्रभु, सानिमा, कृषि विकास, प्राइम कमर्सियल, नेपाल बैंक र कुमारी बैंक पनि हुन् । यी मध्ये सबैभन्दा कम नाफा घटेको कुमारी बैंक हो। बैंकको खुद नाफा पोहोरको तुलनामा सामान्य ०.३२ प्रतिशत घटेको छ।
सरकारी स्वामित्वका सबै बैंकको नाफा घटेको छ। समिक्षा अवधिमा नाफामा उल्लेख सुधार गर्न सफल भने सेञ्चुरी कमर्सियल बैंक रह्यो। सेञ्चुरी कमर्सियलले नाफामा सिभिल, बैंक अफ काठमाडौं र लक्ष्मी बैंक गरी तीन वटा वाणिज्य बैंकहरुलाई उछिनेको छ। यी तीन वटाको नाफा भने एक अर्ब रुपैयाँभन्दा कम रहेको पाइयो।