विश्व धनाढ्य एलन मस्क लोकप्रिय सोसस मिडिया कम्पनी ट्विटर खरिदका लागि ठूलो रकम लगाउन तयार भएका छन् ।
मस्कले कम्पनीका प्रत्येक सेयरलाई ५४.२ डलर दिने प्रस्ताव गरेका छन् ।
यसरी हेर्दा कम्पनीको भ्यालु ४३ खर्ब डलर हुन जान्छ ।
टेस्ला, स्पेस–एक्स र अन्य थुप्रै कम्पनी सञ्चालक मस्कले यसअघि नै ट्विरमा ९.२ प्रतिशत सेयर किनिसकेका छन् । यो अफरसँगै उनले ट्विटरलाई सचेत गराउँदै आफ्नो अफर मान्य नभए कम्पनीमा रहेको लगानीलाई नयाँ ढंगबाट विचार गर्न सक्ने बताएका छन् ।
मस्कले ट्विटर बोर्ड अफ डायरेक्टर्सका चेयरमेन ब्रेट टेलरलाई लेखेको पत्रमा भनिएको छ– हालको स्थितिमा न कम्पनी अघि बढ्छ, न आफ्नो लक्ष्य पूरा गर्न नै सक्छ । कारण, ट्विटरमा ठूलो क्षमता छ, त्यसलाई मैले सही लक्ष्यमा पुर्याउन सक्छु ।’
मस्क–अफर
मस्कले झन्डै दुई हप्ताअघि ट्विटरको सेयर किन्ने खुलासा गरेका थिए । उननी ट्विटरमा ९.२ प्रतिशत सेयर किनेर सबभन्दा ठूला स्टेक होल्डर बनेका थिए । त्यसपछि नै ट्विटर र मस्कबीच खिचातानी चलिरहको छ ।
यसकै बीचमा ट्विटरले मस्क बोर्डमा सहभागी हुने दाबी गरेको थियो ।
तर, मस्कले भने यो अफरलाई लत्याएका थिए । यसपछि नै उनले कम्पनी टेकओभर गर्न सक्ने अड्कलबाजी बजारमा चलिरहेको थियो ।
अब प्रश्न उठ्छ, ट्विटरमा के यस्तो छ, जसलाई विश्वका सर्वाधिक धनाढ्य मस्कले कुनै पनि मूल्य तिरेर किन्न चाहन्छन् ? कारण, मस्क यसको महत्व बुझ्छन् र आफ्ना कुरा भन्न यसको प्रयोग पनि अत्यधिक गर्छन् ।
यही सोसल साइटमा उनका ८.१ करोड फलोअर्ससमेत छन् । उनको एउटै ट्विटले क्रिप्टोकरेन्सीमा ठूलो उचारचढाव आउँछ ।
तर, उनै मस्क ट्विटरका कडा आलोचक पनि हुन् ।
ट्विटरमा पोल
मार्चमा मस्कले ट्विटरमा एउटा पोल गरे । यसमा उनले आफ्ना फलोअर्ससँग ट्विटरले फ्री स्पिचलाई प्रोटेक्ट गर्छ या गर्दैन भनेर सोधेका थिए ।
यसलाई यसरी बुझौं, ट्विटरले फ्री स्पिचलाई प्रोटेक्ट गर्दैन ।
मस्कका अनुसार उनले गरेको पोल निकै महत्वपूर्ण भएको बताएका थिए । त्यसपछि उनले अर्को ट्विट गर्दै ट्विटर एउटा पब्लिक टाउन स्क्वायरले झैं काम गर्ने र फ्री स्पिचको सिद्धान्तलाई नमान्दा यो लोकतन्त्रका लागि राम्रो नभएको भनेका थिए । साथै यसका लागि के गर्न सकिन्छ ? भनेर समेत सोधेका थिए ।
मस्कले टेलरलाई लेखेको पत्रमा ट्विटर विश्वमै फ्री स्पिच प्लेटफर्म बन्न सक्ने भएका कारण आफूले लगानी गरको उल्लेख थियो ।
उनलाई लाग्छ– यो लक्ष्य हासिल गर्न ट्विटरलाई पब्लिकबाट प्राइभेट कम्पनी बनाउनुपर्ने आवश्यकता छ ।
यही कारणले गर्दा उनले पूरै कम्पनी किन्ने योजना बनाएका हुन् ।
ट्विटरको जवाफ
ट्विटरका सीईओ पराग अग्रवालले गत आइतबार आफ्ना कर्मचारीसँग आगामी दिनमा ठूलो उतारचढाव आउन सक्ने बताएका थिए । यद्यपि मस्कको अफरबारे उनले केही खुलाउन चाहेनन् ।
ट्विटरले मस्कको अफर आएको र यसबारे बोर्डले विचार गरिरहेको बताएको छ ।
बोर्डका अुनसार आखिर जे फैसला भए पनि सेयर होल्डर्सको हितमा हुनेछ । जानकारहरुका अनुसार ट्विटरले मस्क–अफर स्वीकार गर्ने सम्भावना निकै कम छ ।
यता मस्कले आफ्नो अफर लत्यायो भने आफ्नो लगानीमा विचार गर्ने बताएका छन् । साथसाथै अफर स्वीकार नभए ट्विटरको सेयरमा ठूलो गिरावट आउने पक्कापक्की छ ।
अनुमान त मस्कले ट्विटरसँग प्रतिस्पर्धा गर्न अर्को सोसल मिडिया बनाउनेसम्म गरिएको छ ।
उनकै अनुसार ट्विटर किन्न नपाए आफूसँग आगामी योजना पनि तयार छ ।
कर्मचारीमा डर
ट्विटरमा सेयर लिएपछि मस्कले यसको ब्लू प्रिमियम सब्सक्रिप्सन सर्भिसमा परिवर्तनको सुझाव दिएका थिए । सुझावमा; रकममा कमी, विज्ञापनमाथि प्रतिबन्ध र क्रिप्टोकरेन्सी डगक्वाइनमा भुक्तानीको विकल्प थियो ।
कम्पनीमा मस्क जोडिएपछि कर्मचारीहरुमा डर भरिँदै आइरहेको छ । कति कर्मचारीले त आफ्नो बायो अपडेटसमेत गरिरहेका छन् ।
कारण, उनीहरु मस्कसँग काम गर्न चाहँदैनन् ।
–एजेन्सीको सहयोगमा ।