काठमाडौं । सिनेमा पारखीहरुका लागि लक्जरीयस सुविधाको साथ काठमाडौंको दरबारमार्गमा रहेको दरबार मलमा ‘दरबार सिनेम्याक्स’ सञ्चालनमा आएको छ ।
यो पनि पढ्नुस् गुण ग्रुपले दरबारमार्गमा बनायो ‘दरबार मल’, मलभित्र हुनेछ १०० पसल २ फिल्म हलदेखि रेष्टुराँसम्म
दर्शकहरुलाई सिनेमा हेर्दा लक्जरीयस फिल गराउने उद्धेश्यका साथ सिमित व्यक्तिहरु मात्र सामेल भएर चलिचित्र देखाउने उद्धेश्यका साथ नयाँ वर्षको अवसरपारी हल सञ्चालनमा ल्याएको दरबार सिनेम्याक्सका प्रबन्ध निर्देशक दिप्रश शाक्यले जानकारी दिए ।
गुण ग्रुपद्धारा निर्माण भएको दरबार मलमा सञ्चालित दरबार सिनेम्याक्स सिनेमाहल क्यूएफएक्सले व्यवस्थापन गरेको हो । सिनेमा हल भित्र २ वटा हल रहेको छ ।
५० जना र ५३ जनाको सिट क्षमता भएको सो हलमा अत्याधुनिक साउण्ड सिस्टम स्किन र अर्डर अनुसारको खाना र खाजाको वार सहितको सुविधा समेत रहेको छ ।
सिनेमा हेर्न आउने दर्शकहरुलाई आफु बसेकै ठाउँमा आफ्नो इच्छा अनुसारको खाजा र खाना अर्डर गरेर खान मिल्ने गरि खाजा वार सञ्चालनमा ल्याएको बताए ।
बसेकै सिटबाट दर्शकले अर्डर गरेर खाना र खाजा खादै सिनेमाको मज्जा लिन पाउने सुविधा ल्याएको प्रबन्ध निर्देशक शाक्यको भनाई छ । सिनेमा हेर्दै मदिरा खानेहरुका लागि छुट्ट्ै वारको पनि व्यवस्था गरिएको छ । जहाँ वियर सहित विभिन्न मदिराहरु सेवन गर्न पाइन ।
वर्षौदेखि सिनेमा जगतमा सेवा गर्दै आएको सो ग्रुपले दरबारमार्गमा रहेको दरबार मलसँगै सिनेमा पारखीहरुलाई पनि पृथक सुविधा दिन खोजेको उनको भनाई छ ।
हलमा दैनिक ९ वटा शो देखाइने छ । हाल विहान ७ः ४५ देखि राती ९ : ४५ बजेसम्म सञ्चालन हुने छ । अन्य हलभन्दा पृथक सेवा दिने उद्धेश्यका साथ सञ्चालनमा ल्याएको सो ग्रुपले विगत २५ वर्षदेखि ग्वार्खोमा गुण सिनेमा हाल सञ्चालनमा गर्दै आएको छ ।
हलमा आजदेखि केजिएफ र ए मेरो हजुर चार लागिरहेको छ । हलको टिकट १००० देखि १२०० रुपैयाँसम्म मूल्य निर्धारण गरिएको छ । विहान फिल्म हेर्न चाहनेका लागि भने केहि छुटको व्यवस्था गरिएको जनाएको छ ।