श्रीलंका इतिहासकै सबभन्दा नराम्रो आर्थिक संकबाट गुज्रिरहेको छ । यस्तो बेला विदेशी ऋण तिर्न नसक्ने बताएको छ ।
श्रीलंका अन्तर्राष्ट्रिय मुद्रो कोष (आईएमएफ) को बेलआउटको प्रतीक्षा गरिरहेको छ ।
मंगलबार मात्रै श्रीलंकाले विदेशी ऋण चुक्ता गर्ने स्थितिमा आफू नरहेको बताएको हो । यसले सबभन्दा बढी नोक्सानी चीनलाई पुग्ने बताइएको छ । कारण, उसको सर्वाधिक ऋण श्रीलंकामाथि छ ।
श्रीलंकामा अहिले संकटको खालड गहिरिँदै गइरहेको छ भने आवश्यक वस्तुको हाकाकार हुन थालेको छ ।
श्रीलंकाको अर्थ मन्त्रालयका अनुसार देश यति बेला विदेशी ऋण तिर्ने अवस्थामा छैन ।
एएफपीका अनुसार श्रीलंकामाथि झन्डै ५१ अर्ब डलर विदेशी ऋण छ । जसमा सबभन्दा बढी चीनको अर्थात् १० प्रतिशत छ ।
यसबाहेक जापान र भारतको ऋण पनि उसमाथि छ ।
२.२ करोड जनसंख्या रहेको देशमा पछिल्लो समय भोकभोकै मर्नुपर्ने स्थिति आएको छ । अवस्था निकै दयनीय छ । अत्यावश्यक वस्तुको मूल्य आकास्उिको छ । कैयौं घण्टा लोडसेडिङ हुनाका साथै पेट्रोल पम्पमा लामो लाइन लागिरहेको छ । यसले आमजनतामा रोष पैदा हुँदै गइरहेको छ । उनीहरु सडकमा प्रदर्शन गरिरहेका छन् ।
श्रीलंकामाथि ऋण
मार्च अन्त्यसम्म श्रीलंकाको विदेशी मुद्रा भण्डार १.९३ अर्ब डलर थियो । जबकि यसै वर्ष उसले ४ अर्ब डलर ऋण भुक्तानी गर्नुपर्ने छ ।
यसमा जुलाई मेच्योर हुने १ अर्ब डलरको इन्टरनेसनल साबरेन बन्ड पनि सामेल छ ।
जेपी मोर्गनका विश्लेषकहरुका अनुसार श्रीलंकाको ग्रस डेट सर्भिसिङ २०२२ मा ७ अर्ब डलर पुग्नेछ । यस्तै चालू खाताघाटा लगभग ३ अर्ब डलर पुग्नेछ ।