काठमाडौं । इन्टरनेसनल एजुकेसन रिप्रेजेन्टेटिभस् इनिसिएटीभ नेपाल (आइरीन) को आठौं साधारण सभा सम्पन्न भएको छ ।
आठौं साधारण सभाबाट नयाँ कार्यसमितिमा हेमन्त भट्टराई अध्यक्ष सहितको दस जनाको कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
कार्य समितिमा निवर्तमान अध्यक्ष मनोज पराजुली सहित उपाध्यक्ष रमा कडेल, महासचिव योगेश क्षेत्री, सचिव मन्जु धमला थापा, कोषाध्यक्ष देवराज थापा, सदस्यहरूमा ओम प्रकाश उपाध्याय, लक्ष्मण योङ्जन, सुजन थापा र डेभीड शाक्य निर्विरोध निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिले संरक्षकको रूपमा संस्थापक अध्यक्ष उत्तम प्रसाद पन्तलाई मनोनीत गरेको छ भने पुर्व अध्यक्ष सहीतको सल्लाहकार समिति समेत गठन गरेको छ । कार्यक्रममा नवनिर्वाचित पदाधिकारीलाई सम्मान तथा नयाँ सदस्य हरूलाई सदस्यताको प्रमाणपत्र समेत प्रदान गरिएको विज्ञप्तीमा उल्लेख छ ।
कार्यक्रममा नयाँ पदाधिकारीहरूलाई शुभकामना र उत्पेरणा प्रदान गर्नका लागि इक्यानका अध्यक्ष प्रकाश पाण्डे, एरी नेपालका अध्यक्ष द्वय राज शर्मा सिवाकोटी, फेकनका अध्यक्ष बासु नेपाल, नाकीका अध्यक्ष अखिल चापागाई, बिभिन्न अन्तराष्ट्रिय विश्वविद्यालय तथा कलेजका नेपाल प्रतिनिधि, एफसिसिआई, एनसिसि पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।